पूर्ण अटोमेशनमा गयो राप्ती यातायात

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ भदौ। राप्ती अञ्चलको सबैभन्दा पुरानो यातायात संस्था त्रिदेश्वरी राप्ती यातायात सेवा प्रा.लि. पूर्ण रूपमा अटोमेशनमा गएको छ। पछिल्लो समय नेपालका हरेक क्षेत्रमा प्रविधिको प्रयोग तिब्र रूपमा बढिरहेको बेला यातायात क्षेत्रमा पनि प्रविधिको प्रयोग गरेर यात्रुलाई सहज र स्तरीय सेवा दिनको लागि अटोमेशनमा गएको संस्थाका अध्यक्ष सुरेश हमालले बताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अटोमेशनमा गएसँगै अब राप्ती यातायातका कुनै पनि स्थानमा यात्रा गर्न अनलाइनबाट टिकट काट्न सकिनेछ। पूर्ण रूपमा कम्प्युटरराइज प्रणालीमा रूपान्तरण गरिएसँगै अबदेखि संस्थाको कार्यलय सञ्चालन, चलानी, अभिलेखन लगायतका सबै कार्यहरू सफ्टवेयरमार्फत् नियन्त्रण हुनेछन्। कम्पनीले बससेवा डटकमसँगको सहकार्यमा संस्थालाई पूर्ण अटोमेशनमा लगेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अबदेखि यात्रुहरूले राप्ती यातायातका एसी, डिलक्स् तथा मिनिबसको टिकट अनलाईन मार्फत् काट्न सकिनेछ। यात्रुहरूले राप्ती यातायातको राप्ती यातायात डटकम डट एनपी, बससेवा डटकम, बससेवाको मोबाईल एप्लीकेशन तथा इ-सेवा डटकम डट एनपी मार्फत् अनलाइन टिकट काट्न सकिनेछ। साथै नजिकको इ-सेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ।

यात्रुहरूले आउँदै गरेको दशैै तिहारमा समेत आफु जाने कुनै पनि गन्तव्यमा सहजै टिकट काट्न सक्नेछन्। २०३७ सालमा अनौपचारिक रुपमा राप्ती अञ्चल बस तथा मिनीबस समिति नामबाट सुरू भएको यातायात सेवा २०४१ सालबाट राप्ती अंचल सार्वजनिक यातायात व्यवसायी समितिका रूपमा सञ्चालनमा थियो। हाल संस्था कम्पनीका रूपमा दर्ता भइ त्रिदेश्वरी राप्ती यातायात सेवा प्रा.लिका रूपमा सेवा गर्दै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कम्पनीले लामो तथा छोटो दुरीमा राप्ती अंचल भित्र दाङ, सल्यान, प्यूठान, रुकुम, रोल्पा र राप्ती अंचल बाहिर काठमाडांै लगायत पोखरा, विरगंज, काँंकडभित्ता, विराटनगर, नारायणगढ, बुटवल, पाल्पा, कृष्णनगर, भैरहवा, नेपालगंज, सुर्खेत, राजापुर, धनगढी, महेन्द्रनगरका विभिन्न स्थानहरु सम्म करिव १०० वटा रुटहरुमा आफ्नो यातायात सेवा संचालन गरिरहेको छ। बस सेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो। बस सेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *