जग्गा लिजमा दिएर आयश्रोत जुटाउँदै स्वर्गद्वारी आश्रम

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ भदौ  । एक हजार विगाहाभन्दा बढी जग्गा भएर पनि आयश्रोत नआउने भएपछि स्वर्गद्वारी आश्रमले आफ्नो जग्गा लिजमा दिएर आयश्रोत जुटाउन थालेको छ । आश्रमले आफ्नो एकल स्वामित्वमा रहेको दाङ र देउखुरी उपत्यकाको २४ विगाहाभन्दा बढी जमिन व्यक्ति र स्थानीय सरकारलाई लिजमा दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसबाट आश्रमलाई वार्षिक करिब ३२ लाख रुपैयाँ आउने गरेको स्वर्गद्वारी आश्रम घोराहीका लेखापाल गोबिन्द न्यौपाने बताउछन ।लिजमा दिएको जग्गामा घोराही उपमहानगरले सेवारखोला नजिक अटो भिलेज सञ्चालन गरेको छ भने घोराही कै झिगौरामा व्यवसायीलाई राख्नका लागी संरचना निर्माण भइरहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुरी उपत्यकामा रहेको जग्गा भने इटा भट्टा सञ्चालनका लागि व्यक्तिलाई दिइएको छ । प्यूठानमा रहेको स्वर्गद्वारी मन्दिरमा चढाएको भेटि र जग्गाको भाडाबापतको यही रकमले अहिले आश्रमको सम्पूर्ण कार्य सञ्चालन हुँदै आएको छ ।

किसानले लगाएको जग्गा बाफत आश्रमलाई बुझाउनु पर्ने सबै कुत बुझाए वार्षिक करिब ७० लाख रुपैयाँ उठ्नु पर्ने हो । तर अहिले वार्षिक करिब ८ लाख रुपियाँ मात्रै उठ्ने गरेको आश्रमले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यही अवस्था देखेपछि जग्गा लिजमा दिने निर्णयमा पुगिएको आश्रमले जनाएको छ । मोहि नलागेको जग्गामा मात्रै अहिले स्वर्गद्वारी आश्रमले आफ्नो अधिकार प्रयोग गर्दै आएको छ । आश्रमको करिब ७ सय बिगाहा जग्गामा मोही रहेको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

बार्हखरीबाट

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *