सिमा क्षेत्रको विकट गाउँमा मन्त्री बराल

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २२ भदौ

प्रदेश नम्वर ५ का सामाजिक विकाश मन्त्री सुदर्शन बराल भारतसँग जोडिएको विकट सिमा क्षेत्र भौवा नाकामा पुग्नुभएको छ । त्यहा रहेको एक सामुदायिक विद्यालयको भवन उद्घाटन एवम् त्यहाँ जनताहरुको अवस्था बुझ्नको लागि मन्त्री बराल त्यहाँ पुग्नुभएको हो ।
उहाँसँगै प्रदेश सांसद रेवतीरमण शर्मा, दामा शर्मा, इन्द्रजीत थारु पनि सिमा क्षेत्रका गाउँमा घुम्नुभएको थियो । यातायातको साधन नचल्ने भौवा नाकामा मन्त्रि वरालसँगै सांसदहरु दुई घण्टा बढी पैदलयात्राको दुरी तय गरेर नाकामा रहेको शिवशक्ती माध्यमिक बिद्यालय राजपुर पुग्नुभएको थियो ।
विद्यालय भवनको उद्घाटन गर्दै मन्त्री बरालले प्रदेशले चालु आर्थिक बर्षमा विनियोजन गरेको ३६ अर्ब बजेट आगामी मसान्त अगाबै खर्च गरिसक्ने बताउनुभयो । जनताले विकाश चारिहेको समयमा आएको बजेट पनि खर्च हुन नसकेर फिर्ता गएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले अबको विकाशे योजनामा छुट्याइएको बजेट सतप्रतिशत खर्च गरिने बताउनुभयो ।
पछिल्लो समय देशले विकाश तर्फ फड्को मारेको बताउँदै मन्त्री बरालले मुलुकको संघियताका लागि जनताले गरेको त्याग र बलिदानलाई कहिल्यै भुल्न नसक्ने बताउनुभयो । भौवानाकासम्म आउँदा भारतिय बाटो हुँदै आएको स्मरण गर्दै मन्त्री बरालले भौवा नाकालाई जोड्नको लागि बाँकेको कुसुमबाट बाटोको योजना अघि बढाईने जानकारी दिनुभयो ।
त्यस्तै प्रदेश साँसद रेवती रमण शर्माले नाकाबासीले भोग्दै आएको सञ्चार, यातायातको समस्या छिट्टै समाधान हुने बताउनुभयो । नेपाल टेलिकमको योजना अनुसार नाका क्षत्रमा मात्र ३ वटा टावर निर्माण हुन लागेको जानकारी दिँदै सांसद शर्माले बिस्तारै नाकावासीले विकासको उपभोग गर्न पाउने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 


शिबशक्ती माध्यमिक बिद्यालय राजपुर ७ भौवा नाका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर झाँक्रीको अध्यक्षतामा भएको कार्यक्रममा त्यहाँका स्थानियवासीहरुले नाका क्षेत्रमा आफुहरुले भोग्नु परेको दुःख, समस्याहरुको बारेमा ध्यानाकर्षण गराएका थिए ।
प्रदेश ५ को ४० लाख बजेटबाट विद्यालयमा चार कोठे भवन निर्माण भएको थियो भने सोही बिद्यालयमा राजपुर गाउँपालिकाको कार्यालयले ७ लाख रुपैयाको लागतमा छात्रबास सहित ४ कोठे शौचालय निर्माण भएको छ । उक्त बिद्यालयमा बाँके सहित टाढा÷टाढा बाट विद्यार्थी अध्ययनका लागि आउने भएकाले छात्रबासको व्यवस्था गरिदिएको राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसीले जानकारी दिनुभयो । अहिले उक्त बिद्यालयमा २३८ जना विद्यार्थी अध्ययनरत छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *