पुर्वाधार अभावमा दाङको बराह धाम

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ ,  २० भदौ । घोराही उपमहानगरपालिका वडा नम्वर ६ स्थित एउटा मन्दिर छ । मन्दिरको छेउमा सानो ताल । वरिपरि फराकिलो जमिन । मन्दिर नजिकै जोडी वरपिपल । हेर्दा निकै सुन्दर देखिने त्यो स्थान भने प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।


स्थानियवासी ८७ बर्षिया दानबहादुर डाँगी अनुसार करिव १०० बर्ष पहिले देनि नै त्यहाँ माघे सक्राति अर्थात माघको १ गते ठुलो मेला लाग्ने गर्दछ । दाङ मात्र होइन, उक्त दिन बाके, बर्दिया, सल्यान, रोल्पा रुकुमबाट भक्तजनहरु आउछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

किम्बदन्ती अनुसार बराहका १२ भाइ मध्य लरैना बासुदेव स्थानमा भएका वराह कान्छो भाइ हुन । माघे सक्रातिको दिन भक्तजनहरु त्यहाँ रहेको सानो तालमा नुहाउने, नुहाए पछि पोखरीबाट सानो ढुङ्गा निकालेर मन्दिरमा चढाउने र आफुले चाहेको वर माग्ने गर्दछन । तर अधिकासं भक्तजनहरु सन्तान प्राप्तीको लागि त्यहाँ आउने गरेको पुजारी बलबहादुर चौधरी बताउछन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले त्यहाँ पुजा गर्न लागेको करिव १८ बर्ष भयो । पहिले अरु नै पुजारी भए पनि पछि थारु जातिको पुजारी राख्दा उत्तम हुने भनाई आए पछि उनी त्यहाँको पुजारी बनेका छन ।तर बराहका जेठो दाजु रहेको घोराही १२ बारकुने दहमा धेरै प्रगति भैसक्दा कान्छो भाइ रहेको लरैनाको मन्दिर भने पुर्वाधार विकास र प्रचार प्रसारको अभावमा पछाडी परेको छ ।

वराहको लामो इतिहास भए पनि २०४५ सालमा मात्रै मन्दिरको दह नजिकै सानो मन्दिर बनेको मन्दिर व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र कुमार दाहालले जानकारी दिए । मन्दिर बन्नु अगाडी त्यहाँ वराहको सालिक मात्रै भएको र त्यहाँ भक्तजनहरुले पुजाआजा गर्ने गर्दथे । त्यहाँ मन्दिर बनि सके पछि र गाउँलेले सक्रियता देखाए पछि भने केही सुधार हुन थालेको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एक विगाहा १४ कठ्ठा जग्गा क्षेत्रफलमा फैलिएको उक्त मन्दिरलमा हाल थोरै मात्रामा पुर्वाधार बनेका छन । त्यो पनि केही व्यक्तिहरुको सहयोगमा । समितीका अध्यक्ष दाहालका अनुसार २०७१ सालमा स्थानियहरुको सहयोगमा दहलाई पक्की बनाउने काम भएको छ भने स्थानिय धनबहादुर डागीले करिव ६ लाख खर्च गरेर भगवतिको मन्दिर बनाउदै छन भने घोराही १५का हरिवशं दाहाल र चित्राङ्गत दाहालले बरपिपलको रुख परिपरि प्रतिक्षालय बनाइदिएका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै साविकको ढिकपुर गाविस र साविकको त्रिपुर नगरपालिकाले एक, एक वटा प्रतिक्षालय बनाइदिएका छन । मन्दिरमा अझै पनि धेरै भौतिक पुर्वाधार निर्माण गर्न बाकि रहेको अध्यक्ष दाहालले बताए । उनले मन्दिरको भौतिक निर्माण र प्रचारप्रसारको लागि सबैसँग आग्रह समेत गरेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *