दाङमा महिला र बालबालिका हराउने क्रम बढ्यो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ ,  २० भदौ । दाङ जिल्लामा महिला र बालबालिका हराउने क्रम बढेको छ । हराउने क्रम बढे पनि फेला पर्नेको संख्या भने न्यून रहेको छ । जिल्ला प्रहरी कार्यालयको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको तथ्यांक अनुसार हराएकाहरू कम मात्रै फेला पर्ने गरेको पाइएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा आर्थिक बर्ष २०७६÷०७७ को साउन महिनादेखि आजसम्मको तथ्याङ्क हेर्दा ३४ महिला, १६ बालिका र १३ बालक हराएका छन् । जसमा ६ महिला, ५ बालिका र ५ बालक फेला परेका छन् भने अझै २८ महिला ११ वालिका र ८ जना बालक सम्र्पक बिहिन अवस्था रहेको जिल्ला प्रहरी कार्यालयको सेवा केन्द्रले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जम्मा हराएका महिला, बालबालिकाको तथ्याङ्क हेर्दा ६३ जना मध्ये १६ जना मात्रै फेला परेका छन भने अझै ४७ जना महिला बालबालिका सम्र्पकमा आउन नकेको जनाईएको छ । आफ्नो परिवारका सदस्य हराएपछि खोजीका लागि प्रहरीलाई खबर गरे पनि फेला परेमा खबर नगर्ने प्रबृत्तीले भेटिनेको संख्यामा कमी देखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *