गढवामा पौनेलाख बढी पुुरस्कार राशीको क्रिकेट खेल उद्घाटन

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

देउखुुरीको गढवामा हालसम्मको सर्वाधिक पौने एकलाख बढी पुुरस्कार राशीको खुुल्ला क्रिकेट प्रतियोगिता बुधवार एक कार्यक्रमका बीच उद्घाटन भएको छ । राइजिङ युवा क्लब गढवाको आयोजनामा बुधवारदेखि सुुरु भएको खुुल्ला टि–ट्वाण्टी क्रिकेट प्रतियोगिताको व्याटिङ गरेर गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले, बलिङ गरेर गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य र क्याचिङ गरेर वडानं. ६ का अध्यक्ष बालचन्द्र ठकूरी हमालले संयुुक्त रुपमा उद्घाटन गरेका थिए । खेलको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष यादवले खेल मानव स्वास्थ्यका साथै विकास र समृद्धिका लागी समेत टेवा पुुरयाउने भन्दै अनुुशासित र मर्यादित ढंगले खेल संचालन गर्न आव्हान गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खेलको प्रायोजन हरी प्रसाद भण्डारी, प्रसान्त सिंह डिसी, खिमबहादुुर बुढामगर र सन्दीप अधिकारीले गरे र गढवा क्षेत्रमा हालसम्मको सर्वाधिक पुुरस्कार राशीको पुुरस्कार रहेको आयोजकले जनाएको छ । जसमा प्रथम पुुरस्कार ५१ हजार र दोश्रो पुुरस्कार २५ हजार ५ सय शिल्ड कप र प्रमाणपत्र रहेको बताइएको छ । यसैगरी म्यान अफ द सिरिजलाई ३ हजार ५ सय, तथा उत्कृष्ट फिल्डर र बलरलाई पनि पुुरस्कार, प्रमाणपत्र र कप प्रदान गरिने राइजिङ युुवा क्लबका कार्यबाहक अध्यक्ष खिमबहादुुर बुढामगरले जानकारी दिने ।

कार्यक्रममा गढवा गाउँपालिका वडानं. ६ का अध्यक्ष वालचन्द्र ठकूरी हमाल, नेपाल कमयुुनिष्ट पार्टी (नेकपा) निर्वाचन क्षेत्र नं. १ क का संयोजक रामप्रसाद गैरे, पार्टीका गढवा अध्यक्ष कालिराम चौधरी, समाजवादी फोरम नेपालका जगतराम यादव, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष रविलाल आचार्य, संस्थापक अध्यक्ष युुवराज पोखे्रल, नेपाली काँगे्रसका मनोज सिंह ठकूरी, शिक्षक रामसुुरत यादव र गढवा खानेपानी संस्थाका अध्यक्ष लेखबहादुुर थापा लगायतले बोलेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रायोजक सन्दिप अधिकारीको स्वागत मन्तब्यबाट सुुरु भएको कार्यक्रमको संचालन रेडीयो साझा आवाजका स्टेशन म्यानेजर दुुखहरण यादवले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *