प्रेस युनियनले सरकारलाई बुझायाे ज्ञापन पत्र

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१८ भदौ | रेडियो नेपाल सुदूरपश्चिम प्रादेशिक केन्द्र दिपायलमा लामो समयदेखि कार्यरत पत्रकारलाई कामबाट निष्कासन गरिएको विषयमा नेपाल प्रेस युनियनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राजनीतिक आस्था र पूर्वाग्रह राखी तीन जना पत्रकारलाई कामबाट हटाइएको भन्दै देशभर युनियन आन्दोलित बनेको हाे । प्रादेशिक केन्द्र दिपायलमा कार्यरत पत्रकारहरू प्रकाश बम, सुनिता रावल र चक्रबहादुर कुँवरलाई राजनीतिक पूर्वाग्रहमा रेडियो प्रसार विकास समितिले कामबाट हटाएपछि पुनर्वहाली गर्न यसअघि अनुराेध गर्दै आएकाेमा प्रेस युनियनले बुधबार दाङसहित देशभरबाट प्रमुख जिल्ला अधिकारीमार्फत संचार तथा सूचना प्रविधि मन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै, सरकारी संचारमाध्यमबाट व्यावसायिक पत्रकारलाई निष्कासन गर्ने तथा स्टीन्जरको म्याद नथपी आफ्ना पार्टी कार्यकर्ता भर्ती गर्ने अवाञ्छित काम भइरहेको भन्दै यस्ता कार्य तत्काल रोक्न माग गरिएकाे छ ।

यसैगरी, ज्ञापन पत्रमा प्रेस स्वतन्त्रता विरोधी विभिन्न प्रावधान रहेको र यसको सर्वत्र विरोध भएपछि केही समय स्थगत गरिएको मिडिया काउन्सिल विधेयक सरोकारवाला पक्ष, संघसंस्थाहरुसँग कनै सल्लाह र परामर्श नै नगरी एकाएक राष्ट्रिय सभाबाट प्रकृया अघि बढाएकोमा आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै युनियनले सरोकारवालाहरुको माग सम्बोधन गदै संसदमा रहेका दलहरुको सहमतिबाट मिडिया काउन्सिल पारित गर्न माग गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

युनियनले उठाएका जायज मागका सन्दर्भमा सरकारले बेवास्ता गरी सिंगो पत्रकारिता, पत्रकारको हकहीत र प्रेस स्वतन्त्रता विरोधी काम भएमा देशभरका पत्रकार चुप लागेर नबस्ने र कडा आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापन पत्रमार्फत चेतावनी पनि दिइएको छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले युनियनको ध्यानाकर्षण तालुक मन्त्रालय र सरोकार निकायमा पुर्याई माग सम्बोधन गर्न पहल गर्ने बताए ।

बिहान ११ बजे प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापन पत्र बुझाउन युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी, उपाध्यक्ष देव यादव, सचिव आरके शीतल, पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, युनियनकी केन्द्रीय सदस्य सुलोचना गौतम, पत्रकार महासंघ दाङ शाखाका निवर्तमान अध्यक्ष सुदीप गौतम, युनियनका निवर्तमान सचिव देवेन्द्र बस्नेतसहितको टोली पुगेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *