एनसेलको मुद्दा उल्टाएको भन्दै विप्लवद्वारा न्यायाधीशको पुत्ला दहन

Blog Post Ad Blog Post Ad Blog Post Ad

सल्यान,१८ भदौ ।  । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार एनसेलको फैसला उल्टाउने न्यायधिसहरुको देशैभरी पुत्ला दहन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारको इसारामा आफ्नै प्रधान न्यायधिसको नेतृत्वमा गरेको पुरा कर तिराउने फैसला उल्टाएको भन्दै नेकपाले उपत्यका सहित देशैभर पुत्ला दहन गरेको जनाएको छ । यसअघि नै घोषित कार्यक्रम अन्तरगत नेकपाले सल्यान, दाङ, चितवन, उदयपुर, सुनसरी, कैलाली, रोल्पा, कालिकोट लगायतका जिल्लाहरुमा पुत्ला दहन गरेको नेकपा स्रोतले जनाएको छ ।

सल्यानको बागचौर नगरपालिकाको खरिबोट, दाङ तुलसीपुरको अश्वारा, बबईको पञ्चकुले, गढवाको कालाकाटे, राजपुर, शान्तिनगर, रामपुर लगायत दर्जन ठाउँमा पुत्ला दहन गरिएको नेकपाले जनाएको छ । सल्यानमा पुत्ला दहन गरेको आशांकामा ४ जनालाई प्रहरीले केहिबेर नियन्त्रणमा लिएको तर पछि उनिहरु अर्कौ पार्टीको कार्यकर्ता र संग्लन नभएको बताइएपछि प्रहरीले छोडेको स्रोतले बताएको छ । पक्राउ परेकाको नाम भने प्रहरीले खुलाएको थिएनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एनसेललाई कर नतिराउने अदालतको निर्णयपछि केहि दिन अघि उक्त पार्टीका महासचिव विप्लवले केहि दिन अघि विज्ञप्ती जारी गर्दै एनसेललाई नेपालबाट नै खारेज गर्नु पर्ने बताएका थिए । कर असुलीबारे सर्वोच्चका न्यायधिसहरुले ऐनसेलले कर तिर्न नपर्ने गरि फैसला गरेपछि चरणवद्ध आन्दोलनका कार्यक्रम अन्तरगत पुत्ला दहन गरेको नेकपाले जनाएको छ ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

एभरेस्ट दैनिकबाट

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *