केरामा परनिर्भर, तीजमा झण्डै २ सय टन खपत

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम.

दाङ, १८ भदौ । दाङमा माग अनुसारको केरा उत्पादन हुन सकेको छैन् । जिल्लामा केराको माग अत्याधिक हुने गरे पनि माग अनुसारको उत्पादन हुन नसक्दा वर्षेनी करोडौ रकम बाहिरीने गरेको छ । कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्णबहादुर बस्नेतका अनुसार दाङमा माग अनुसारको २५ प्रतिशत मात्रै केरा उत्पादन हुने गरेको हुने गरेको छ । जिल्लामा अहिलेको अवस्थामा वार्षिक १० हजार ५ सय ८४ मेट्रिक टन केराको खपत हुने गरेको छ, जुन उत्पादनका हिसावले ७५ प्रतिशत बढी खपत हो, प्रमुख बस्नेतले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

केन्द्रको तथ्याङ्क अनुसार दाङमा वार्षिक रुपमा २ हजार ६ सय ४६ मेट्रिक टनमात्रै उत्पादन हुने गरेको छ । देउखुरी उपत्यकासहित विभिन्न ठाउँमा गरी जिल्लामा २ सय ५२ हेक्टर क्षेत्रफलमा केरा खेती हुने गरेको प्रमुख बस्नेतले जानकारी दिए । ‘उत्पादनका हिसावले केरा जिल्लामा चार भागको एक भाग मात्रै उत्पादन हुने गरेको छ’ उनले भने ‘दाङमा केरा उत्पादन हुने हावापानी ठिकै छ तर केरा उत्पादनमा वृद्धि हुन सकेको छैन् ।’ ‘दाङमा केरा सबैभन्दा बढी देउखुरी क्षेत्रमा उत्पादन हुने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हावापानीका हिसावले देउखुरी क्षेत्र उत्तम मानिन्छ, दाङको पकेट क्षेत्रका रुपमा देउखुरी नै हो’ प्रमुख बस्नेतले भने ‘घोराही, तुलसीपुर लगायतका ठाउँ केरा उत्पादन गर्ने हावापानी त्यति राम्रो होइन्, केहि उत्पादन गर्न त सकिन्छ, हुस्सुका कारण दाङ भ्यालीमा केरा राम्रो उत्पादन गर्न सकिदैन् ।’ दाङ पर्याप्त केरा उत्पादन हुन नसकेपछि जिल्लाका लागि आवश्यक पर्ने केरा जिल्ला बाहिर कैलाली, नवपरासी, चितवन, कपिलवस्तु लगायतका भारतबाट आयात हुने गरेको छ । खपतको करिब ५० प्रतिशत केरा अर्थात कुल खपतको आधा परिणामको केरा भारतबाट दाङमा भित्रिने गरेको प्रमुख बस्नेतले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘दाङका लागि आवश्यक केरा अधिकांश भारतबाट आउने गरेको छ, कैलाली, कपिलवस्तु नवलपरासी, चितवन लगायतका जिल्लाबाट करिब २५ प्रतिशतमात्रै जिल्लामा केरा आउने गरेको छ’ उनले भने ‘करिब ५० प्रतिशत केरा भारतबाट आयात हुने गरेको छ । दाङमा केरा खेती पर्याप्त नहुँदा वर्षेनी करिब ६ अर्ब बढी बाहिरीने गरेको छ । दाङमा केराकै लागि वार्षिक ६ अर्ब ३५ करोड ४ लाख रकम बाहिरिने गरेको प्रमुख बस्नेतले बताए ।

जिल्लामा अहिलेको अवस्थामा वार्षिक १० हजार ५ सय ८४ मेट्रिक टन केराको खपत हुने गरेको छ, जुन उत्पादनका हिसावले ७५ प्रतिशत बढी खपत हो । दाङ पर्याप्त केरा उत्पादन हुन नसकेपछि जिल्लाका लागि आवश्यक पर्ने केरा जिल्ला बाहिर कैलाली, नवपरासी, चितवन, कपिलवस्तु लगायतका भारतबाट आयात हुने गरेको छ । खपतको करिब ५० प्रतिशत केरा अर्थात कुल खपतको आधा परिणामको केरा भारतबाट दाङमा भित्रिने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीजमा खपत ?

दाङमा अन्य समयको तुलनामा तीजमा बढी केरा खपत हुने गरेको छ । जिल्लामा यसवर्ष तीजमा मात्रै करिब २ सय टन बढी केरा खपत भएको छ । तुलसीपुर, घोराही, लमही, भालुवाङसहित जिल्लाका विभिन्न बजारमा यसवर्षको तीजमा करिब २ सय टनभन्दा बढी केरा खपत भएको छ । तीज पर्वको समयमा अन्य समयको तुलनामा दुई गुणा बढी खपत हुने गरेको व्यवसायीले बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसवर्षको हरितालिका तीजमा मात्रै करिब १६ करोड भन्दा बढीको केरा बिक्री भएको छ भने केराकै लागि तीजमा १२ करोड बढी रकम जिल्ला बाहिर गएको तथ्याङ्क छ । फलफुल व्यवसायी संघ तुलसीपुरका अध्यक्ष दामोदर बानियाँका अनुसार अन्य साधारण समयमा १५ देखि २० टन केरा खपत हुने गरेको छ भने तीजको समयमा ५० देखि ६० टन केरा खपत हुने गरेको छ । ‘तुलसीपुरमा अन्य समयको तुलनामा तीज पर्वमा करिब दुई गुणा बढी खपत हुने गरेको छ’ अध्यक्षले भने ‘तीज पर्वमा करिब तुलसीपुरमा करिब ५ करोडको केरा बिक्री भएको छ, भने अधिकांश केरा जिल्ला बाहिरबाट आउने गरेको छ ।’

खेतीमा कमी

दाङमा केराको खपत राम्रै भएपनि केरा उत्पादनमा किसानको आकर्षण बढ्न सकेको छैन् । केरा उत्पादनका लागि जिल्लामा पर्याप्त सिंचाई नहुँदा केरा खेती गर्ने किसानहरु बढ्न नसकेको कृषि ज्ञान केन्द्र प्रमुख बस्नेतले बताए । सिंचाई अभावमा केरा खेती पर्याप्त हुन नसक्दा उत्पादन बढ्न नसकेको उनले बताए । उनका अनुसार दाङमा डि–नाइन, हरिसाल, मालबोगजस्ता केराखेती हुने गरेको छ । केरा खेतीको लागि देउखुरी उपत्यकामा हावापानी अनुकूलन नै मानिए पनि दाङ उपत्यका त्यति उपयुक्त नभएको प्रमुख बस्नेतले बताए ।

‘दाङ उपत्यकामा पनि केरा खेती राम्रै हुन्छ तर देउखुरी उपत्यका जस्तो दाङ उपत्यकामा राम्रो उत्पादन हुँदैन्’ उनले भने ‘केराको उत्पादन बढाउन सक्यो भने जिल्ला बाहिर जाने मोटो रकम बचाउन सकिन्छ ।’ केरा खेतीका लागि सरकारले विगतमा प्रभावकारी कदम नचालेका कारण पनि किसानको यसतर्फ आकर्षित हुन नसकेको उनले बताए ।

उत्पादन बढाउन के हुँदैछ ?

दाङमा केरा खेती उत्पादन बढाउन प्रदेश सरकारले यस वर्षदेखि योजना अघि सारेको छ । जिल्लामा जैविक केरा खेती उत्पादनका लागि प्रदेश सरकारले यसै वर्षदेखि अभियान सञ्चालन गर्न लागेको हो । कृषि ज्ञान केन्द्र दाङका अनुसार प्रदेश नम्बर ५ को सरकारले दाङको देउखुरी क्षेत्रमा जैविक (अर्गानिक) केरा खेती थाल्ने भएको हो ।

प्रदेश सरकारले जैविक केरा खेतीका लागि केराका विरुवाहरुमा अनुदान कार्यक्रमसमेत ल्याएको उनले बताए । प्रदेश सरकारले चालेको योजना सफल भए जिल्लालाई केरामा आत्मनिर्भर मात्र नभई जिल्लामा जैविक केरा उत्पादन पनि बढ्ने छ । जिल्लामा अधिकांश ठाउँमा रासायनिक मलको प्रयोग गरी केरा उत्पादन हुने गरेकोले अब यसको न्यूनीकरणमा लाग्ने प्रमुख बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *