घोराही, १८ भदोै । घोराही उपमहानगरपालिका वडा नम्वर १८ मसिनाका खुमबहादुर कुवरले मसिनाको दिपज्वती टोलमा रहेको नागेश्वर मन्दिरमा ३५ किलोको त्रिशूल स्थापना गर्नु भएको छ । स्वर्गीय आमा ललिता कुवरको सम्झनामा खुमबहादुर कुवर र उहाकि पत्नी पद्मा कुवरले मन्दिरमा त्रिशूल स्थापना गर्नु भएको हो ।
उहाले नागेश्वर मन्दिरमा रहेको शिवको मन्दिर अगाडी उक्त त्रिशूल प्रतिशष्थापन गर्नु भएको छ । कुवर स्वर्गीय ललिता कुवरको काइलो छोरा हुनुहुन्छ । उहाकी आमाको मृत्यु भएको गत साउनमा एक वर्ष पुगेको छ । २०७५ साउन ११ गते ८४ बर्षको उमेरमा उहाकी आमाको मृत्यु भएको थियो ।