‘तलव पकाउन मात्रै शिक्षक वन्ने अधिकार छैन’

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १७ भदाै । तुलसीपुर उपमहानगरपालिकाले विद्यालय समयमा विभिन्न काम लिएर आउने शिक्षकलाई भेट गर्न नदिने भएको छ । मेयर घनश्याम पाण्डेले काजको वहानामा कतिपय शिक्षकहरु स्कुलको समयमा पनि स्कुलमा नवस्ने भएकाले यस्तो प्रवृत्तिको अन्त्यका लागि आफुले यस्तो कदम उठाउनु परेको वताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिकाले शिक्षाको अवस्था सुधारका लागि शिक्षक मुल्यांकन प्रक्रिया अगाडी वढाउने भएको छ । उपमहानगरपालिकाले प्रधानाध्यापक र प्रधानाध्यापकले शिक्षकहरुसँग कामको करार सम्झौता गर्ने भएको हो । “कामको लक्ष्य निर्धारण नगर्दा पनि उपलब्धि सही ढँगले आउन सकिरहेको छैन अव यस्तो हुने छैन” नगरप्रमुख घनश्याम पाण्डेले भन्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले कार्यसम्पादन मुल्यांकन वनाएर त्यसको निरन्तर अनुगमन समेत गरिने कुरामा जोड दिनुभयो । “काम गर्ने जाँगर नहुनेलाई तलव पकाउनका लागि मात्रै शिक्षक वन्ने अधिकार छैन” उहाले जोड दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका ८३ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई अभिमुखीकरण गर्दै नगरप्रमुख पाण्डेले शिक्षा क्षेत्रमा अहिले पनि केही कानुनी जटिलता भएको भन्दै शिक्षा सुधारको सबै जिम्मेवारी स्थानीय तहमै हुने उहाँको भनाई थियो । पछिल्लो समय सामुदायिक विद्यालयमा केही परिवर्तन आएको भएपनि लगानीका हिसावले आशातित परिवर्तन आउन नसकेको उहाँको भनाई थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले सामुदायिक विद्यालयलाई अनुदान दिएको भएपनि काम सही ढँगले अगाडि वढ्न नसकेको उहाँको भनाई थियो । “एसइइमा राम्रो नतिजा ल्याउँदैनन् अनि कसरी प्राविधिक विषय पढ्ने ?” उहाँको प्रश्न थियो ।

विद्यार्थीलाई सिकाउँने, विद्यालयमा टिकाउँने र विकाउँने वनाउनका लागि विद्यालयले ध्यान दिनुपर्ने उहाँको भनाई थियो । विद्यार्थी पास गराएर मात्रै शिक्षाको गुणस्तर सुधार हुन नसक्ने वताउँदै पाण्डेले राम्रा विषय पढ्नका लागि योग्य समेत हुनुपर्ने कुरामा जोड दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रधानाध्यापकको हातमा विद्यालयको भविष्य हुने भएकाले विशेष गरेर प्रधानाध्यापकहरु यसतर्फ केन्द्रीत हुनुपर्ने नगरप्रमुख पाण्डेको भनाई रहेको थियो । उहाँले राम्रो गर्छु भन्ने प्रधानाध्यापकलाई सम्मान र राम्रो गर्न नसक्नेलाई विदाइ दिने गरी उपमहानगरपालिकाले योजना वनाएको उहाँको भनाई थियो । विद्यालय व्यवस्थापन समितिमा गैर अभिभावकहरु रहेको वताउँदै नगरप्रमुख पाण्डेले तत्काल सुधारका लागि अगाडि वढ्न आग्रह समेत गर्नुभयो ।

धेरै प्रधानाध्यापकहरु काजका नाममा धेरै जसो विद्यालय वाहिर रहेको गुनासो आएको भन्दै उहाँले अनिवार्य काज लिनुपर्ने शिक्षा समितिको स्वीकृती हुनुपर्ने कुरामा जोड दिनुभयो । “विदाको समय वाहेक अन्य समयमा भेट्न आउने शिक्षकलाई मैले भेट पनि दिदैन” उहाँले वताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा वोल्दै शिक्षा समिति संयोजक देवराज विकले शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएको वताउँदै शिक्षा सुधारका लागि प्रधानाध्यापकको भुमिका महत्वपूर्ण हुने कुरामा जोड दिनुभयो । पाठ्यभार अनुसार विद्यालयमा पढाइ नभएको वताउँदै उनले शिक्षक दायित्वबाट पन्छिन नहुने कुरामा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *