फरार न्यौपानेमाथी गोली प्रहार

Blog Post Ad Blog Post Ad Blog Post Ad

बाँके, भदौ  १७  । बाँकेमा प्रहरीले गोलि प्रहार गरेर एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । चोरी तथा डकैती मुद्धामा ६ वर्ष कैद सजाए सुनाईएका फरार ब्यक्तिलाई कोहलपुर प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

८ वर्षअघि चोरी तथा डकैती अपराधमा ६ वर्ष कैद सजाय भए लगत्तै फरार भएका बाँके बैजनाथ गाँउपालिका वडा नं ४ का नरेन्द्र न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले गोली प्रहार गरेको हो ।

सोमबार नेपालगन्जस्थित राँझा विमानस्थल नजिकै भेटिएका न्यौपानेलाई नियन्त्रण गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोलि प्रहार गरेको खुल्न आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीको प्रहार गरेको गोलि न्यौपानेको देब्रे खुट्टामा लागेको कोहोलपुर प्रहरील्े जनाएको छ । गोली लागी घाईते भएका न्यौपानेलाई तत्काल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको र उनको अहिले उपचार भईरहेको छ ।

न्यौपानेलाई २०६८ सालमा चोरी तथा डकैटी मुद्धामा जिल्ला अदालत बर्दियाले ६ वर्ष कैदको सजाय सुनाएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसरि हानियो गोलि
जिल्ला अदालत बर्दियाले २०६८ पौष २१ गते डाँका चोरी मुद्धाका प्रतिवादी बाँके बैजानथा गाँउपालिका वडा नं। ४ बानियाभारका नरेन्द्र न्यौपाने, डिल्ली वली र मंगल शाहीलाई ६ वर्ष कैद र २७९०० जरिवाना तोकेको थियो ।

अदालतको फैसला तगत्तै फरार रहेका तिनै जना मध्ये प्रतिवादी नरेन्द्र न्यौपाने भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम बहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार न्यौपानेलाई जमुनाह भन्सारबाट नियन्त्रणमा लिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ पछि मोटरसाईकलमा कोहलपुर तर्फ ल्याउँदै गर्दा नेपालगन्ज उपमहानगरपालिका वडा नं। २० राँझा चोकमा न्यौपाने भाग्ने प्रयास गरेका थिए । आफैले चलाएको मोटरसाईकलबाट भाग्ने प्रयास गरेपछि प्रहरीले न्यौपानेमाथी गोली चलाएको थियो । प्रहरीले न्यौपानेको देब्रे खुट्टामा गोली हानी पुन: नियन्त्रणमा लिएको थियो ।

न्यौपाने लगायतको टिमले २०६८ सालमा बर्दिया बाँसगढी नगरपालीका १ देउरालीमा हातहतीयार देखाई ग्ल् को गाडी लुटपाट तथा तोडफोड गरेको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *