दुर्घटनामा परी दाङमा २ जनाको मृत्यु , १५ जना घाइते

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ भदौ १७ । दाङमा सोमबार भएको फरक फरक दुर्घटनामा २ जनाको मुत्यु भएको छ र भने १५ जना घाइते भएका छन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही—भालुबाङ सडक खण्डको पिपरीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लु १९ प ५५०६ र रा ३ प २०६१को मोटरसाइकल एक आपसमा ठोक्किएका बेला पश्चिमबाट पूर्वतर्फ गइरहेको ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिई दुर्घटना भएको हो । दुर्घटनामा घोराही —१५ निबासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही—४ निबासी २७ वर्षीय विनायक चौधरीको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

यसैबीच प्यूठानको स्वर्गद्धारीबाट कपिलबस्तु जाँदै गरेको लु २ ख ६२६९ नन्बरको यात्रु्बहाक बस दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन । दाङको गढवा गाउँपालिका–१ जुरौनीमा लु २ ख ६२६९ नम्बरको बस आफै अनियन्त्रित दुर्घटना भएको प्रहरीले जनाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बसमा ४५ जना यात्रु सवार थिए घाइतेमध्ये ४ जनाको अवस्था चिन्ता जनक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवत्ता विनोद विक्रम शाहदे बताए। उनीहरुलको भालुवाङस्थित राप्ती पोलिक्निकमा उपचार भइरहेको प्रवत्ता शाहले जानकारी दिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *