दाङमा ट्रककाे ठक्करबाट दुईजनाको मृत्यु


शिवु खनाल
दाङ, १६ भदाै  | दाङको देउखुरीमा बेलुका भएको सवारी दुर्घटनामा परी दुईजनाकाे मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमही भालुबाङ सडक खण्ड स्थित पिपरीमा भएको सवारी दुर्घटनामा दुई जनाकाे मृत्यु भएको हाे, भने एकजना गम्भीर घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लु १९ प ५५०६ र रा ३ प २०६१ नम्बरकाे माेटरसाइकल एक आपसमा ठाेक्किए लगत्तै पश्चिमबाट पूर्वतर्फ गइरहेकाे ना ६ ख ६७७४ नम्बरको ट्रकले ठक्कर दिँदा रा ३ प २०६१ नम्बरको मोटरसाइकलमा सवार घाेराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी २६ वर्षीय बालकृष्ण भण्डारी र लमही नगरपालिका वडा नम्बर ४ निवासी २७ वर्षीय विनायक चाैधरीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुर्घटनामा घाइते दुबै जनालाई उपचारको लागि लमही अस्पताल पुर्‍याइएकाे थियाे। अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घाेषणा गरेका थिए । त्यस्तै दुर्घटनामा परी लु १९ प ५५०६ नम्बरको मोटरसाइकलमा सवार राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरीका २८ वर्षिय दिपक मरासिनी गम्भीर घाइते भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाइते मरासिनीलाई विष्ट पोलिक्लनीकमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएकाे छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *