बरिष्ठतम सहसचिवलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ भदौ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेशमा सरुवा गरिएका वरिष्ठतम सहसचिवलाई तीन दिनभित्र खटाइएको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ । सरकारले निजामती ऐन अनुसार वरिष्ठ सहसचिवलाई प्रदेश मन्त्रालयका सचिव बनाएर सरुवा गरेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीमध्ये कतिपय खटाइएको ठाउँमा गइसकेका छन् भने कतिपय हाजिर भएका छैनन् । संघीय मामिला मन्त्रालयले आज राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विभिन्न मन्त्रालय तथा निकायमा पत्राचार गरी सरुवा भएका तथा कामकाज गर्न खटाइएका सहसचिवलाई खटाइएका निकायमा रमाना लिई हाजिर हुन गएको जानकारी तीन दिनभित्र पठाउन भनेको छ ।

मन्त्रिपरिषदको भदौ चार गतेको बैठकले सहसचिवको सरुवा गरी सातै प्रदेशका मन्त्रालयमा वरिष्ठ सहसचिवलाई खटाएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *