श्याम परदेशी पक्राउ

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ भदौ | ठगीको आरोप लागेपछि श्याम परदेशी भन्ने श्यामकृष्ण साहलाई प्रहरीले गएराति सर्लाही सदरमुकाम मलङ्गवाबाट पक्राउ गरेको छ । सर्लाहीका प्रहरी प्रमुख (एसपी) गोपालचन्द्र भट्टराईले सदरमुकाम मलङ्गवा नगरपालिका–१० स्थित घर नजिकैबाट साहलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

५६ वर्षका साहविरुद्ध हिजो मात्रै जिल्ला प्रहरी कार्यालय मलङ्गवामा उजुरी परेकाले अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी प्रमुख भट्टराईले बताउनु भएको छ । जिल्लाको साविक पिपरिया गाविस घर भएका साहले तिरेको ऋणको निस्सा नदिने, चुक्ता गरेको ऋणको समेत कागज नच्यात्ने, महिलाहरुमाथि अभद्र व्यवहार गर्ने, आफूले भने अनुसार नगर्दा लेनदेनको मुद्दा लगाउने गरेको जस्ता आरोप लागेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साहको अन्याय सहन नसक्ने अवस्थामा पुगेको भन्दै सर्लाहीका विभिन्न गाउँका स्थानीय न्याय माग्दै हाल सङ्घीय राजधानी काठमाण्डौंमा छन् । पिडितहरुले गृहमन्त्री रामबहादुर थापा, शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष सँग भेट गरी न्याय दिलाई दिन माग राखेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *