उपकुलपति संगीता भण्डारी र रजिष्टार रामप्रसाद प्याकुरेलको मनोमानी कार्यशैलीका कारण डाक्टर र सयौँ विरामी मारमा (भिडियो)

नवीन अभिलाषी
दाङ, भदौ ५ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति संगीता भण्डारीले डाक्टरलाई नै हेप्न थालेपछि डाक्टरहरु आन्दोलित बनेका छन् । स्वतःस्फुर्त रुपमा डाक्टरहरुलाई विरामी जाँच्न नदिने, डाक्टरलाई नै मौखिक रुपमा निकाल्न खोज्ने उपकुलपति विरुद्ध डाक्टरहरुले आन्दोलन गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रतिष्ठान आफैले नियुक्त गरेका डाक्टरलाई उपकुलपति भण्डारी र रजिष्टार रामप्रसाद प्याकुरेलले निकाल्न खोजे पछि आन्दोलनमा उत्रिएका डाक्टरहरुले विरामी जाँच गरेका छैनन् । मेडिकल अफिसर डा. मनोज यादवलाई प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीले निकाले पछि उनी सँगै ११ जना भन्दा बढि डाक्टरहरु आन्दोलिन बनेका छन् । डा. यादवले विरामीको ल्याव टेष्टका लागि प्रतिष्ठान बाहिर पठाएको भन्दै उपकुलपतिले डा. यादवलाई भोलि देखि नै प्रस्पतालमा नआउन भनेकी थिईन् ।

जस्का कारण ११ भन्दा भन्दा बढि डाक्टरहरुले विहान अस्पताल अगाडी धर्ना दिएका थिए भने डाक्टरहरुले ओपिडीमा विरामी जाँच नगरेपछि अस्पतालमा सेवा लिन आएका विरामीहरु अहिलेसम्म सेवा प्राप्त गर्न सकेका छैनन् । दाङका विभिन्न स्थान लगाएत सल्यानबाट समेत आएका विरामीहरुले अहिले पनि डाक्टर कुरेर बसेका छन् । उपचारका लागि सल्यानबाट आएका दिपेशकुमार डिसीले ३ घण्टा कुर्दा समेत उपचार पाउन नसकेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपकुलपति भण्डारी र रजिष्टारले प्रतिष्ठानमा दादागिरी मच्याए पछि अहिले कर्मचारी, स्वास्थ्यकर्मी र सेवाग्राहीहरु मारमा परेका छन् । उपकुलपतिले डाक्टरहरुलाई आजै निकाल्ने, भोली नै निकाल्ने भन्दै बारम्बार धम्की दिने गरेको गरेको डाक्टर यादवले बताउनुभयो । उपकुलपति भण्डारीले कामबाट निकाल्ने, अनुभव पत्र नदिने, नेपालमा जागिर खान नमिल्ने गरी निकाल्ने जस्ता धम्की दिएर मानसिक तनाव दिने गरेको पाईएको छ ।

डा. मनोज यादव जिल्लाकै राम्रो डाक्टरको रुपमा परिचित बन्दै आएका छन् । राम्रो डाक्टरलाई निकाल्न खोजेर उपकुलपतिले प्रतिष्ठानलाई नै धरासायी बनाउन खोजेको विरामीहरुले बताउछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

https://www.facebook.com/nabin.abhilashi/videos/pcb.2595131163884440/2595127357218154/?type=3&theater

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *