‘विद्यार्थी भन्दा निरिक्षक धेरै’

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा
दाङ, भदौ ३ | अहिले देश भर एसईईको ग्रेड बृद्धिको परिक्षा भैरहेको छ । दाङमा पनि आइतवार देखि ग्रेड बृद्धिको लागि परिक्षा चलिरहेको छ । जिल्लाका सबै क्षेत्रको परिक्षार्थीलाई अहिले घोराहीका विभिन्न विद्यालयमा परिक्षा केन्द्र तोकेर ग्रेड बृद्धिको परिक्षा संचालन भैरहेको गरिएको छ ।


घोराहीको पद्मोदय नमुना माध्यामिक विद्यालय, दिपशिखा मावि, सरस्वती मावि काठेकोहल, बालविकास मावि, गोरक्षरत्ननाथ मावि चौघेरा, शुभप्रभात मावि, रझेना मावि, शान्तीसुधा मावि, पद्मोदय मावि र गोरखा इन्टरनेश्नल मावि गरी ९ वटा विद्यालयमा जिल्ला भरका परिक्षार्थीको ग्रेड बृद्धिको परिक्षा संचालन गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जसमा विद्यार्थीको निकै न्युन सहभागिता देखिएको छ । कतै विद्यार्थीको सुन्य सहभागिता छ भने कतै एक दुई जनाको भरमा केन्द्र संचालन भएको छ । आइतवार अंग्रेजीको परिक्षा दिएका विद्यार्थीहरुले सोमवार नेपालीको परिक्षा दिएका थिए । दोस्रो दिन नेपालीको परिक्षामा तोकिएको केन्द्रमा कतै विद्यार्थीको न्युन सहभागिता देखियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

एक जना केन्द्राध्यक्ष, एकजना साहेक केन्द्राध्यक्ष, चार जना सुरक्षाकर्मी, एक जना निरिक्षक र एक जना सहयोगी गरी ८ जनालाई परिक्षा केन्द्रमा खटाइएको छ । कतै निरिक्षको संख्या धेरै पनि छ । उनीहरुलाई शिक्षा विकास तथा समन्वय एकाईले छुट्टै भत्ताको व्यवस्था सहित परिक्षा केन्द्रमा खटाएको हो । ठुलो संख्यामा परिक्षा केन्द्रमा शिक्षक, कर्मचारी, सुरक्षाकर्मी खटाईए पनि विद्यार्थी संख्या भन्दा निरिक्षकको संख्या धेरै समेत पाईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोमवार चलेको नेपाली विषयको परिक्षामा घोराहीको दिपशिखा माध्यामिक विद्यालयमा तोकिएको केन्द्रमा विद्यार्थीको शुन्य सहभागिता रहेको थियो । एक जना नेपाली विद्यार्थीको केन्द्र परेको दिपशिखामा त्यही एक जना विद्यार्थी पनि अनुपस्थिती भए पछि परिक्षा केन्द्र परिक्षा अवधि भर सुनसान देखियो ।

ग्रेड बृद्धिको परिक्षा केन्द्र तोकिएको सरस्वती माविमा पनि चार जना विद्यार्थीको केन्द्र परेकोमा दुई जना अनुपस्थिती भए भने दुई जनाले मात्रै परिक्षामा सहभागिता जनाएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिक्षा विकास तथा समन्वय एकाईका अनुसार ग्रेड बृद्धिको लागि गोरक्षारत्न नाथमा २ जना, शान्ती सुधामा १ जना, गोरखामा १४ जना, पद्मोदयमा माविमा ११ जना, बाल विकासमा १५, शुभप्रभावमा ४ जना र रझेना माविमा २४ जना विद्यार्थीले परिक्षामा सहभागिता जनाएका थिए ।

सोमवारको दिन जिल्ला भरका १३१ जना विद्यार्थी मध्य ७७ जना विद्यार्थी नेपाली विषयको परिक्षामा सहभागि भएका थिए भने ५४ जना अनुपस्थिती भएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला शिक्षा विकास तथा समन्वय एकाईका प्रमुख रामलाल खड्काले ग्रेड बृद्धिको परिक्षामा कुनै विषयको परिक्षामा धेरै र कुनै विषयको परिक्षामा थोरै विद्यार्थी सहभागि हुनु स्वाभाविक भएको बताए । ‘अंग्रेजीको दिन केही धेरै विद्यार्थी थिए । नेपालीको दिन थोरै भए ।’ उनले भने ‘मंगलवार हुने गणित विषयको दिन धेरै विद्यार्थी परिक्षामा सहभागि हुदैछन् ।’ आज गणितको विषयको परिक्षा चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *