ईलाका प्रहरी प्रमुख शाहीलाई बिदाई

Blog Post Ad Blog Post Ad Blog Post Ad

शरद रेग्मी

तुलसिपुर ,भदौ २ | ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीको बिदाई गरिएको छ । तुलसिपुर उधोग बाणिज्य सङघमा एक कार्यक्रमका बिच सामाजिक सङघ सस्थाहरुले सरुवा भएर काठमाडौं जान लाग्नुभएका डिएसपि शाहीलाई बिदाइ गरिएका हुन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षता एव ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख प्रेम बहादुर शाहीको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले दस महिना सम्म यस क्षेत्रको शान्ति सुरक्षामा उल्लेख्य प्रगति गर्न सफल भएको भन्दै प्रशम्सा पत्र,दोसल्ला र खादा लगाएर बिदाई गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसिपुर उधोग बाणिज्य सङघ,त्रिसिद्देश्वरि राप्ती यातायात प्रालि,लायन्स क्लब अफ दाङ,रोटरि क्लब अफ तुलसिपुर,रिपोर्टस क्लब दाङ लगायतका सस्थाहरुले सामुहिक रुपमा डिएसपि शाहीलाई बिदाई गरिएको हो । कार्यक्रममा सल्लाहकार एव त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, नेपाल उधोग बाणिज्य महासङघका निर्यात प्रबर्दन सदस्यहरु खुसल राम शर्मा,जनक बहादुर रावत,रोटरि क्लबका अध्यक्ष देबबहादुर केसि,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,सङघका सचिव एव राप्ती बबई क्याम्पसका कोषाध्यक्ष
बिनिल केसि लगायतले बिदाइ समारोहमा शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियोे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो अबसरमा बोल्दै बिदाई भएर जान लाग्नुभएका डिएसपि शाहिले आफ्नो कार्यकालमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियोे । कार्यक्रममा उहाले आफ्नो कार्यक्षमता अनुसार सबै क्षेत्रको समन्वयमा तुलसिपुर क्षेत्रमा शान्ति सुरक्षा कामय गर्न सफल भएको भन्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियोे । कार्यक्रमको सहजिकरण महासचिव रुपबहादुर खत्रीले गर्नुभएको थियोे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *