सिपलाई व्यवहारमा ल्याउन नगर प्रमुख केसीको आग्रह

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, २ भदौँ | लमही नगरपालिका वडा नम्बर ४ निवासी अरूण चौधरी लमही नगरपालिकाको आर्थिक सहयोगमा र तारा टेक्निकल ईनिष्टच्युट एण्ड रिसर्च सेन्टरले आयोजना गरेको एक महिने ब्याक्होलोडर अपरेटर तालिममा सहभागी हुनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चौधरीलाई सानै उमेर देखि ब्याक्होलोडर अपरेटर हुने मन थियौ तर, अपरेटर हुने कसरी, कस्ले बनाउछ ब्याक्होलोडरको अपरेटर मलाई ? यस्तै यस्तै कुराहरु चौधरीको मन खेली रहन्थ्यो । तर, त्यो सपना अहिले लमही नगरपालिकाले पुरा गरिदिएको छ । ब्याक्होलोडर अपरेटर बन्ने सानैको भोक थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यो भोक लमही नगरपालिकाले पूरा गरिदियो, चौधरीले भन्नुभयो,–। ब्याक्होलोडरको अपरेटर बन्ने ुपना साकार भयो, मेरो र परिवारको भविष्य यसैमा देखेको छु, चौधरीले भन्नुभयो,–। तालिममा सहभागी हुनु भन्दा पहिले ब्याक्लोडर चलाउन आउथेन,मनमा कल्पना मात्रै हुन्थ्यो । पहिला ठुलो गाडिमा खलासि गर्दै आएका चौधरीले सुरुमा ब्याक्होलोडर सिक्दा भ्याउ नपाउने तर, पछि बिस्तारै सिक्दै जादा राम्रोसँग संग ब्याक्होलाडर चलाउन सक्ने भएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै लमही नगरपालिका वडा नम्बर ५ निवासी तालिममा सहभागी गोबिन्द चौधरीले आफु सीपको अभाबले साउदी अरबमा दुख पाएको सुनाउदै, अब भने आफु सक्षम भएको बताउनुभयो । त्यस्तै लमही नगरपालिका वडा नम्बर ३ मजगाउँ निवासी जितबहादुर चौधरीले पनि साउदी अरबमा २ बर्ष बिताउनुभयो । हातमा सीप नहुँदा बैदेशिक रोजगारमा कति दुख पाईन्छ भन्ने कुरा चौधरीलाई अवगत छ । त्यसैले नगरपालिकाले आयोजना गरेको ब्याक्होलाडर अपरेटर तालिममा सहभागी भएर आत्मनिर्भर बन्न सहयोग पुग्ने चौधरीको बिश्वास छ । अब लाईसन्स बनाएर चलाउने सोचामा रहेको चौधरीले बताउनुभयो ।

कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले सहभागीलाई आफ्नो पेशामा रमाउन र पेशालाई म¥यादित बनाउन आग्रह गर्दै, गाउँ, नगर प्रमुख केसीले सिकेको सिपलाई व्यवहारमा ल्याउनसके मात्रै आफु निश्चित गन्तव्यमा पुग्न सकिने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तारा टेक्निकल ईनिष्टच्युट एण्ड रिसर्च सेन्टर राप्ती गाउँपालिका वडा नम्बर ४ मौरिघाटको संचालन र लमही नगरपालिकाको आर्थिक सहयोगमा लमहीमा एक महिने ब्याक्होलोडर अपरेटर तालिम लमहीमा एक कार्यक्रमका बिच समापन गरिएको छ । लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अथितिमा दशजना ब्याक्होलोडर अपरेटर तालिममा सहभागीलाई प्रामाणपत्र वितरण गरिएको हो ।

कार्यक्रममा लमह िनगरपालिका उप–प्रमुख देवका बेल्वासे, लमही नगरपालिका वडा नम्बर ५ मा वडाध्यक्ष बिमबहादुर केसी, पत्रकार केपि घिमिरे, लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण तारा टेक्निकल ईनिष्टिच्युट एण्ड रिसर्च सेन्टरका प्रमुख तारा प्रसाद भुषालले गर्नु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *