चाडपर्वलाई लक्षित गरी तुलसीपुरमा विशेष अनुगमन


दाङ, २ भदौ । चाडपर्वको समय नजिकिदै गर्दा वजारमा भिड वाक्लिदै गएको छ । चाडपर्वको मौका पारेर अनायासै वजार महंगो हुने गरेको गुनासो सर्वत्र सुनिने गरेको छ । मनलाग्दो तवरले वजार मुल्य वृद्धि गर्ने प्रवृत्तिको अन्त्यका लागि तुलसीपुर उपमहानगरपालिकाले कार्ययोजना अगाडि वढाएको छ । वजार अनुगमन तथा व्यवस्थापन समितिकी संयोजक माया आचार्यले वजार अनुगमन गरेर आवश्यक कारवाही अगाडि वढाइने वताइन् । उनले चाडपर्व भनेर मनलाग्दो तरिकाले मुल्य वढाउने क्रमको अन्त्य गर्नका लागि स्थानीय सरकारले ध्यान दिने कुरामा जोड दिइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


उपभोक्ता अनुगमन तथा व्यवस्थापन समितिको तुलसीपुरमा वसेको वैठकले वजारमा उपभोक्ता नठगिउन् भन्नका लागि अनिवार्य रुपमा मुल्य सूचि टाँस गर्नुपर्ने कुरालाई अगाडि वढाएको छ । ‘वजार मूल्य टाँस गर्नु कानुनी कुरा पनि हो, यो वारेमा उद्योग वाणिज्य संघसँग सल्लाह गरेर प्रक्रिया अगाडि वढाइनेछ ’ संयोजक आचार्यले भनिन् । उनले कतिपय वस्तुको मुल्य विक्रेताले आफुखुसी वढाउने गरेको वताउँदै विना कारण उपभोक्ताको ढाड सेक्ने गरी मुल्य वृद्धि गर्न नहुने वताइन् ।


तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारीले वजार अनुगमनका लागि उद्योग वाणिज्य संघले सहयोग गर्ने वताए । उनले एकाध व्यापारीले गलत गर्दा सबै व्यापारीको नाम मुछिएको कुरामा समेत जोड दिए । ‘कसैले पनि आफ्नो मन लाग्दो गर्छ भने त्यो सह्य हुँदैन ’ भण्डारीले भने । उनले उद्योग वाणिज्य संघले वजार शुद्धिकरणका लागि सहयोगी भुमिका खेल्ने कुरामा जोड दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सहकारीका जिल्ला संयोजक रुपवहादुर खत्रीले वजारमा कालोवजारीका साथै मिसावट पनि वढेको वताउँदै स्थानीय सरकारले प्रशासनको सहयोगमा त्यसलाई नियन्त्रण गर्नुपर्ने वताए । उनले वजारमा के भइरहेको छ भन्ने वारेमा स्थानीय सरकार अनभिज्ञ रहेको आरोप समेत लगाए । ‘जनताको गुनासो आएपछि मात्रै होइन की वेला वेलामा वजारमा के भइरहेको छ भन्ने वारेमा पनि चासो दिनु आवश्यक छ ’ उनको भनाई छ ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य केशव कुमार शर्मा वजारसँगै यातायात लगायत अन्य कुराहरुमा पनि निरन्तर अनुगमनको खाँचो पर्ने वताए । उनले वजारमुल्य अनिवार्य रुपमा सबैले टाँस्नुपर्ने कुरामा जोड दिदै सामानको गुणस्तर समेत जाँच गर्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए । ‘वजारमा अहिले विषादी मिसाएका कुराहरु समेत आइरहेका छन् तर त्यसका वारेमा कसैलाई पनि चासो छैन’ शर्माको भनाइ रहेको छ । उनले मानिसको स्वास्थ्यमा असर पार्ने तरकारी, फलफुल र मिठाईको शुद्धता जाँच्नुपर्ने आवश्यकता रहेको कुरामा जोड दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सस्तो पसलको तयारी
तुलसीपुर उपमहानगरपालिकाले चाडपर्वलाई लक्षित गरेर सस्तो पसल सञ्चालनको तयारी गरेको छ । वजार प्रवेश गर्ने चारैवटा नाकामा सहकारीसँग समन्वय गरेर सस्तो पसल सञ्चालन गरिने उपप्रमुख शर्माले जानकारी दिइन् । उनले यस्तो पसल खाद्यान्नसँग सम्वन्धित हुने समेत जानकारी दिइन् । ‘वजारभन्दा केही सस्तो मूल्यमा विक्री गर्नका लागि हामीले यस्तो तयारी गरेका हौ’ उपमुख आचार्यले वताइन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *