इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकामा मानसिक समस्या


तुलसीपुर, ३० साउन | इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकाहरुमा विभिन्न मानसिक समस्या देखिएको पाइएको छ । १० देखि १८ वर्ष मुनिका बालबालिकामा गरिएको एक सर्वेक्षण अनुसार ७२ प्रतिशतले इन्टरनेटमा सामाजिक सञ्जालको प्रयोग गर्ने गर्छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यो क्रममा प्रत्येक ४ जना बालिकामध्ये १ जना र ६ जना बालकमध्ये १ जना दुव्र्यवहारमा पर्ने गरेका छन् । मोबाइल, ल्यापटप, ट्याब्लेट जस्ता उपकरणहरुको अत्यधिक प्रयोगले बालबालिकाको खाने, सुत्ने र पढ्ने समय बिगारेको मात्रै छैन विभिन्न मानसिक समस्या समेत निम्त्याएको मनोविमर्शकर्ता बेबी शाहले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शाहका अनुसार एशियाका विभिन्न मूलुकहरुमा गरिएको अध्ययनले बालबालिकामा पढ्न मन नलाग्ने, झर्किने, एकोहोरो हुने जस्ता समस्या देखाएको र त्यो समस्या नेपालमा पनि देखिन थालेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बालबालिकालाई उपकरणको लतबाट टाढा राख्न अभिभावकले उनीहरुको प्रश्न सुन्ने, इन्टरनेटमा घण्टौं उनीहरुलाई एक्लै नछोड्ने, उनीहरु सँगै विभिन्न खेल खेल्ने, कथाहरु सुनाउने र घुमाउन लैजाने गर्नुपर्ने बाल अधिकारकर्मी कृति भट्टराईले बताउनुभयो । इन्टरनेट र विभिन्न उपकरणको अत्यधिक प्रयोगले बालबालिकालाई अभिभावक र साथीहरुबाट पनि विस्तारै टाढा बनाउँदै लगेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *