बराहक्षेत्र खानेपानीको विवाद मिल्यो, तदर्थ समितिको पदभार

दाङ, साउन

Blog Post Ad Blog Post Ad Blog Post Ad

दीपक जीएम

घोराही, साउन १२ । बराहक्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता समितिको नयाँ तदर्थ समितिले पदभार ग्रहण गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ को कार्यालयले एक कार्यक्रम गर्दै समितिको तदर्थ समितिलाई सपथ खुवाएर पदभार ग्रहण गराएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा अधयक्ष रविलाल घर्तिको अध्यक्षता तथा जिल्ला समन्वय समितिका सदस्य तीला बुढाको प्रमुख आतिथ्यता र वडा नं. १६ का कार्यवाहक अध्यक्ष जगतबहादुर श्रेष्ठको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रम भएको हो । समितिका संयोजकमा तारा पुरी, सहसंयोजक होमबहादुर बुढा, सचिव देउसन दमाई, कोषाध्यक्ष दिर्घराज भारती र सदस्यहरु सीता चौधरी, प्रेम बुढा, दिलकुमारी घर्ति मगर, एकराज भण्डारी, यमलाल पाण्डे, श्रीधरी दाहाल र गीता केसी रहनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाले खानेपानीमा सबै नागरिकहरुको पहुँच पुग्ने गरी काम गर्न सुझाव दिनुभयो । बराहक्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता समिति लामो समयदेखि कार्यसमितिविहिन अवस्थामा रहेको थियो । तत्कालिन अध्यक्ष मिना गिरीले उच्च अदालत तुलसीपुरमा मुद्धा हालेपछि नयाँ कार्यसमिति निर्माणमा ढिलाई हुँदै आएको स्थानीय समाजसेवी दिपक गिरीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नयाँ कार्यसमिति निर्माणमा सहमति नजुटेपछि वडा कार्यालयले तारा पुरीको संयोजकत्वमा यो तदर्थ समिति बनाएको थियो । अदालतले प्रक्रियाको बाटो खुला गरेपछि तदर्थ समितिले सपथ खाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *