दाङ चेम्बर अफ कमर्शको पदभार ग्रहण

दीपक जीएम
दाङ, साउन १२ । दाङ चेम्बर अफ कमर्शको पहिलो अधिबेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । शनिबार घोराहीमा कार्यक्रमको आयोजना गर्दै नयाँ समितिले सपथ ग्रहणसँगै पदभार ग्रहण गरेको हो । दाङ शाखाका संस्थापक अध्यक्ष दिपक सुबेदीको निवर्तमान कार्य समितिले नवनिर्वाचित कार्यसमितिका अध्यक्ष श्रीधर महरालाई पद हस्तान्तरण गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै निर्वाचन अधिकृत मणिराज आचार्यले अध्यक्ष श्रीधर महरालाई सपथ खुवाउनु भएको थियो भने अध्यक्ष महराले नया कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सपथ खुवाउनु भएको हो । कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी प्रदेश नं. पाँचका सांसद अमरबहादुर डाँगीले चेम्बर अफ कमर्शले व्यवहारीक, दुरदर्शी योजनाहरुको साथमा गतिशिल भएर काम गर्न आग्रह गर्नुभयो । उद्योगी, व्यवसायीहरुलाई एक बनाउँदै आफ्नो हकअधिकारको संरक्षण र संस्थागत गर्दै आम उपभोक्ताहरुको अधिकारका लागि समेत साझेदारीको रुपमा काम गर्न उहाँले आग्रह गर्नुभयो ।

चेम्बर अफ कमर्श नेपालमा प्रजातन्त्रको स्थापनासँगै संस्थागत रुपमा लागेको बताउँदै उहाँले चेम्बर अफ कमर्शलाई सम्मान गर्नु भनेको इतिहासलाई सम्मान हुने उहाँको भनाई छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य टंकप्रसाद पोख्रेलले चेम्बर अफ कमर्श देशको सबै भन्दा पहिलो नीजि क्षेत्रको छाता संगठन रहेको बताउँदै इतिहासलाई विर्सन नहुने बताउनुभयो । सरकारका निर्णयहरुको विषयमा मत राख्दै उहाँले सरकारका निर्णयहरु समय सान्र्दभिक रहेको बताउँदै उहाँले लागु गर्ने क्षमता भने व्यवसायीहरुसँग नरहेको बताउनुभयो । अहिलेको नयाँ कानुनको परिक्षण कालमा सरकारलाई सहयोग गर्ने काम गर्न आवस्यक रहेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गंजबहादुर एमसी, प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले व्यवसायीक हित र सामाजिक उत्तरदायित्वमा कार्यगत एकता गरी अघि बढ्न नयाँ नेतृत्वलाई सुझाब दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका अध्यक्ष टीकाराम खड्का, नेपाली काँग्रेसका क्षेत्रीय सभापति भुपबहादुर डाँगी, राष्ट्रिय जनमोर्चाका रामबहादुर जिएमले उद्योगी व्यवसायीको पक्षमा काम गर्दै उपभोक्ता अधिकारलाई ग्यारेण्टी गर्न आग्रह गर्नुभयो ।

दाङ चेम्बरका निबर्तमान अध्यक्ष दिपक सुबेदीले उद्योग बाणिज्य संघले सबै उद्योगी व्यवसायीको हितमा काम गर्न नसकेको भन्दै बैकल्पीक संस्थाको रुपमा काम गर्न सुरु गरेको बताउनुभयो । नवनिर्वाचित अध्यक्ष महराले व्यवसायीको संरक्षण, आर्थिक विकासमा साझेदारी र सामाजिक उत्तरदायित्वमा जिम्मेवारीका साथ लाग्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रमको सहजिकरण चेम्बरका उपाध्यक्ष घनश्याम अधिकारीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *