दिवा सेवा केन्द्रमा दिन विताउदै जेष्ठ नागरिक

दाङ, साउन ११। घोराहीका खगेश्वर भण्डारी अहिले ७९ बर्ष पुगे । उमेरले नेटो काट्यो । लामो समय देखि जीवन साथी गुमाएका उनी घरमा एक्लै वस्दा निकै निरास थिए । तर अहिले उनको दैनिक फेरिएको छ । दिनभरी घरको ढोका कुरेर बस्ने भण्डारी अव दिनभरी साथीभाईसँग गफिन पाएका छन् । घोराही १५ मालपोत नजिकमा उपमहानगरपालिकाले दिवासेवा केन्द्र स्थापना गरे पछि उहाँको उल्लासमय दिन वित्न थालेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


घोराही १५ कै इन्द्रमा गिरीको दिन पनि हिजोआज आफु जस्तै साथीहरुसँगको भेटघाटमा वितेको छ । दिवा केन्द्रमा बाजा बजाउने, नाँचगान गर्ने लगायतका कार्यगर्न उहाँलाई निकै रमाईलो लाग्छ ।


शहर बढेको छ । जनसंख्या बढेको छ । मान्छेको काम बढेको छ तर परिवार भित्रको संख्या क्रमश घट्दो छ । संयुक्त परिवारहरु निरन्तर एकल परिवारमा परिणत हुदैछन । फलस्वरुप पछिल्लो समय घरमा भएका बृद्धबृद्धाहरु पनि एक्लिन थालेका छन । सानो परिवारमा हुने थोरै आफन्त पनि बेफुर्सदिलो भए पछि बृद्धबृद्धासँग बसिवियालो गर्ने र उनीहरुको कुरा सुन्नेहरु घट्दै गइरहेका छन र परिवारमा उनीहरु एक्लिने क्रम जारी छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

राष्ट्रका अमुल्य सम्पत्ति र इतिहास भनिएको जेष्ठ नागरिक समाजमा एक्लिन थाले पछि सरकारले उनीहरुको लागि भन्दै दिवा सेवा केन्द्रको नीति अगाडी ल्याएको छ । हाल प्रत्येक स्थानिय तहहरुले जिम्मेवारी लिने गरी जेष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना भैरहेका छन । दाङमा पनि विभिन्न स्थानमा आफन्त नभएकाहरुको लागि बृद्ध आश्रम र दिउसोको समय व्यतित गर्नको लागि दिवा सेवा केन्द्र खुल्ने क्रम जारी छ ।

जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अनुसार ‘दिवा सेवा केन्द्र’ भन्नाले ज्येष्ठ नागरिकलाई शुल्क लिई वा नलिई दिउँसोको समयमा हेरचाह गर्नको लागि यस ऐन बमोजिम स्थापना तथा सञ्चालन भएको घर, आश्रम वा यस्तै प्रकृति का अन्य संरचना सम्झनु पर्छ भन्ने उल्लेख गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सोही अनुरुप अहिले जिल्लाका सबै जसो स्थानिय निकायहरुले आआफ्नो क्षेत्रमा दिवास सेवा केन्द्र स्थापनालाई प्राथमिकता दिएका छन । घोराही उपमहानगरपालिका वडा सबै वडामा दिवा सेवा केन्द्र स्थापना गर्ने पक्रिया जारी छ । भने वडा नम्वर १५मा दिवा सेवा केन्द्र स्थापना भैसकेको छ । उपमहानगरपालिका, वडा कार्यालय र जेष्ठ नागरिक जिल्ला संघको सहयोगमा सेवा केन्द्र स्थापना गरिएको वडा अध्यक्ष रमेश पाण्डेले जानकारी दिए । उनका अनुसार वडाले स्थापना गरेको सेवा केन्द्रमा प्रत्येक दिन बृद्धबृद्धाहरु आउछन् ।

नाचगान गर्छन् । रमाउनमा समय विताउछन् । जहाँ बृद्धबृद्धाहरुको लागि संचारका साधनहरु टेलिभिजन, पत्रपत्रिका, संगितका बाद्यबाधकका सामाग्रीहरु, बृद्धबृद्धिको सुविधाको लागि फर्निचरको व्यवस्था गरिएको वडा अध्यक्ष पाण्डेले बताए । बृद्धहरुलाई दिउसोको समयमा चियाखाजाको व्यवस्था पनि गरिएको छ । जुन रकम स्थानिय तहले व्यहोर्नुपर्ने सरकारी नियम छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै तुलसीपुर उपमहानगरपालिका ११ मोतिपुरमा पनि हाल सुविधासम्पन्न दिसा सेवा केन्द्र स्थापना गरिएको छ । जहाँ दैनिक ५० देखि ६० जना बृद्धबृद्धाहरु भेला हुने गरेको जेष्ठ नागरिक जिल्ला संघका उपाध्यक्ष खुमानन्द अधिकारीले बताउछन् । जेष्ठ नागरिकहरु एक अर्कामा अनुभव साट्ने, आआफ्नो कला देखाउने गर्दछन ।

जेष्ठ नागरिक राष्ट्रको गहना र अमुल्य सम्पत्ति भएको हुदाँ उनीहरुको जगेर्ना गर्नको सरकारले थालेको पहल सकारात्मक भएको उनले बताए । जिल्लाका १०० वटै वडामा यस प्रकारको सेवा केन्द्र खोल्ने तयारी भैरहेको उनको भनाई छ । तर योजना र नीति ल्याए पनि सरकारले प्रयाप्त बजेट नदिदा गैरसरकारी संघसस्थाको सहयोगमा केन्द्र संचालन गर्न परिरहेको उनको दुखेसो छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै जेष्ठ नागरिक जिल्ला संघका सचिव दधिराम खनाल अहिले आफुहरुले सडकमा जीवन बिताइरहेका जेष्ठ नागरिकहरुको लागि जिल्लाको घोराही, लमही र तुलसीपुरमा बृद्ध आश्रम संचालनमा रहेको बताए । साथै संघ कै पहलमा र सरकारको नीति अनुरुप स्थानिय निकायले खर्च व्यहोर्ने गरि जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना भैरहेको उनले बताए ।

जिल्लामा स्थापना भैरहेको दिवा सेवा केन्द्रको लागि निवित्त राष्ट सेवक कर्मचारी संगठन र केही गैरसरकारी संस्था र स्थानिय निकायको सहयोग भैरहेको उनले बताए । हाल घोराही र तुलसीपुर उपमहानगरपालिकाका प्रत्येक वडाहरुले दिवासेवा केन्द्रको लागि एक÷एक लाख बजेट विनियोजन गरेका छन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *