वडा प्रहरीले उठायो एक बर्षमा ६३ लाख राजश्व

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

देउखुरी, ५ साउन | वडा प्रहरी कार्यालय लमहीले आर्थिक बर्ष ०७५÷०७६ मा मात्र सवारी जरिवाना बाफत ६३ लाख १८ हजार ५ सय रूपैया राजस्व संकलन गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नियम मिचेर चल्ने सवारीका साधानहरूबाट उक्त राजस्व उठाइएको वडा प्रहरी कार्यालय लमहीले आईतबार पत्रकार सम्मेलन गरि जानकारी गराएको हो । वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरूणकुमार सिँहले आफ्नो कार्यकालमा वडा प्रहरी कार्यालयका गतिविधि र काम कारबाहीहरुको बारे पत्रकार सम्मेलन गरि जानकारी गराउनु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा प्रहरी कार्यालय लमहीमा गत आर्थिक वर्ष ०७५÷०७६ मा मात्र विभिन्न अपराध सम्बन्धी ७४ वटा मुद्दा दर्ता भएका छन् । जसमध्य सबैभन्दा बढि जवरजस्ति करणिको १२ वटा मुद्दा दर्ता छन् । त्यस्तै हाडनाता करणिको २ मुद्दा, सार्बजनिक शान्ति बिरुद्दको १४ वटा मुद्दा, रोकि राखेको गाडि पछाडिबाट अर्को सवारि साधान ठोक्किएको सम्बन्धी ५ मुद्दा लगाएतका दर्ता भएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आफ्नो १४ महिने कार्यकालमा गुण्डागर्दी नियन्त्रण, नदीजन्य पदार्थको ओसारपसारमा कमि, चोरी नियन्त्रण, लागु औषध दुर्बयसनी नियन्त्रण, सवारी दुर्घटनामा कमि, काठ तथा पशुचौपाया चोरी तस्करी निश्तेज, महिला तथा बाल बालिकाको मुद्दामा कडाइ लगाएत आफुले सकेजती लमहीमा शान्ति सुरक्षा कायम गरेको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो ।

प्रहरी समुदाय साझेदारि सम्बन्धी ४० वटा कार्यक्रम सम्पन्न गरिएको जसले गर्दा प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर भएकोमा विश्वास ब्यक्त गर्नुभयो । प्रहरीको आँचरण सुधार गर्न आफ्नै कार्यालयमा कार्यरत ३ जना प्रहरीलाई कारबाही गरिएको तथा ६ जना प्रहरीलाई उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रमुख सिंहको अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंमा सरुवा भएको छ भने नयाँ कार्यालय प्रमुखका रुपमा प्रहरी निरिक्षक चन्द्रकुमार सिंह आउने बताईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *