मुख्य सडकमा यसरी रोपिए विरुवा (फोटो फिचर)

दाङ, साउन ५ । घोराहीको तुलसीपुर चोक देखि कटुवा खोलासम्मको मुख्य सडकको बीचमा बनाइएको क्यारीमा बृक्षारोपण सुरु भएको छ ।
घोराही उपमहानगपालिका र डिभिजन बन कार्यालयको सहकार्यमा बृक्षारोपण कार्य सुरु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बजारलाई सुन्दर र हराभरा बनाउने प्रयास स्वरुप उक्त स्थानमा बृक्षारोपण गरिएको घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले बताए । उनले आगामी दिनमा पनि नगरलाई हरियाली बनाउने कार्यक्रमलाई निन्तरता दिने बताए ।

बृक्षारोपण उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, ससस्त्र प्रहरी वल, जिल्ला वन लगायतका प्रमुखहरुको सहभागिता रहेको थियो । उनीहरुले विभिन्न प्रजातिका विरुवाहरु सडकको क्यारीमा रोपेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फोटो ः रीता लामा

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *