बन जोगाउन सभामुखको आग्रह

घोराही, १९ असार । रुख र जंगल जोगाउनको लागि संघिय संसदका सभामुख कृष्णबहादुर महाराले सबैलाई आग्रह गर्नुभएको छ । दाङको लमही नगरपालिकाले आयोजना गरेको विश्व वातावरण दिवसको अवसर पारेर बृहत वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले सधै आफु हिड्ने बाटोमा बिरुवा रोप्न पाउँदा खुसि लागेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


पछिल्लो समय विभिन्न बाहानामा बन जङ्गल मास्ने पवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै महराले बनजङ्गल जोगाउन सामुदायिक वनका उपभोक्ता नै स्वयम् सकृय हुनुपर्ने धारणा राख्नुभयो । सभामुख महराले संघिय सरकारमा नेपालको वातावरण परिवर्तन बारे बहस चलेको जानकारी दिदै प्राकृतिक सम्पदाको संरक्षणमा सवै व्यक्ति, तह र तप्कामा रहेकाहरु एकजुट हुनको लागि आग्रह समेत गर्नुभयो ।
‘हरियो वन, नेपालको पहिचान र सम्पत्ति हो ।’ सभामुख महराले भन्नुभयो ‘अव सबैको ध्यान बन जोगाउन तिर हुनुपर्छ । अनिमात्र नेपाललाई सधै हरियाली देख्न पाइन्छ ।’


सभामुख महराले लोपउन्मुख सतिसालको विरुवा रोपेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा त्यस्तै संघिय संसदका सांसद मेटमणी चौधरीले मुलुकलाई हरियालीको रुपमा विकास गर्न देशभर बृहत वृक्षारोपण कार्यक्रमको आवश्यक रहेको बताउनुभयो । उहाँले पनि मुलुकलाई बलियो र समृद्ध बनाउन देशलाई हरियाली एवम बनजंगलको संरक्षण आवश्यक रहेको औल्याउनुभयो |

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले दाङको लमही नगरपालिकालाई केन्द्रीय सरकार र प्रदेश सरकारको बजेटले छुन नसकेको गुनासो गर्नुभयो । उहाँले सभामुख महरालाई ध्यानाकर्षण गराउदै केन्द्र सरकारको बजेट आफ्नो क्षेत्रमा नपर्नु दुभाग्य भएको गुनासो गर्नुभयो ।


‘विभिन्न क्षेत्रमा लमहीको विकासको लागी हामीले डि.पि.आर तयार गर्यौ तर, लमही नगरपालिकालाई केन्द्रीय सरकार र प्रदेश सरकारको कुनैपनि बजेटले छोएन ।’ नगरप्रमुख केसीले भन्नुभयो । केसीले समानुपातिक ढंगले विकासे योजनाहरुमा बजेट ल्याउनमा भुमिका निर्वाह गर्न सभामुख महरालाई आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *