दाङमा चट्याङले लियो फेरी एक जनाको ज्यान

नवीन अभिलाषी
दाङ, असार १७ । दाङमा आज बेलुकी चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १५ पहिलपार निबासी १८ वर्षीय सुमन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक विनोदविक्रम शाहले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घरको आँगनमै बसिरहेको अबस्थामा चौधरीलाई चट्याङ लागेको थियो । चट्याङ लागे घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । दाङको देउखुरीमा केहि दिन पहिले मात्रै छट्याङ लागेर तीन जनाको मृत्यु भएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *