गुरुकुलद्धारा एसईई जिल्ला प्रथम भावनालाई सम्मान

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, असार १६ । विसं. २०७५ सालको एसईई परिक्षामा जिल्लाबाट सबै भन्दा बढि जिपिए ल्याउने घोराहीकी भावना पोख्रेललाई गुरुकुल एकेडेमी घोराहीले सम्मान गरेको छ । विद्यालयमै एक कार्यक्रमको आयोजना गरेर भावनालाई सम्मान पत्रले सम्मान गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नीजि तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन दाङको उपाध्यक्ष निर्मल न्यौपाने, गुरुकुल एकेडेमीका प्रधानाध्यापक अभिनारायण निरौलाले भावनालाई सम्मान गर्नुभएको हो । कार्यक्रमका प्रमुख अतिथी प्याब्सन दाङका उपाध्यक्ष न्यौपानेले अध्ययन र अनुशासन दुई कुराले मात्रै विद्यार्थीहरुलाई सफल बनाउने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिक्षाको साथै संस्कारले विद्यार्थीहरुको जीवनलाई सार्थक बनाउन सक्ने उहाँको भनाई छ । अहिले सरकारले नै नीजि र सरकारी विद्यालयहरुको विचमा विभेद गरेको समेत बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा आफुनो अनुभव बाड्दै भावना पोख्रेलले जिल्लामा राम्रो अंक लिएर एसईई उत्तिर्ण गरेकोमा खुशी महसुस गरेको बताउनुभयो । आफूले दैनिक तालिका बनाएर अध्ययन गर्ने गरेको, स्वास्थ्यलाई बढि ख्याल गर्ने गरेको बताउनुभयो । स्वास्थ्य नै धन भएकाले स्वस्थ्य ब्यक्तिहरुले मात्रै राम्रो अध्ययन गर्न सक्ने भएकाले स्वास्थ्यलाई ख्याल गरेर अध्ययन गर्न विद्यार्थीहरुको अनुरोध समेत गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गुरुकुल एकेडेमीका प्रधानाध्यापक अभिनारायण निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक सतिश सुबेदीले स्वागत मन्तब्य गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण उपप्रधानध्यापक मुकुन्द गिरीले गर्नुभएको थियो । माउन्ट भ्यू बोडिङ स्कुलबाट एसईईमा ४ जिपिए ल्याउने पोख्रेलले काठमाण्डौमा अध्ययन गर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *