लोकसेवा फाराम भर्नेको भिड

Blog Post Ad Blog Post Ad Blog Post Ad

यमकला भुसाल

तुलसीपुर,४ असार | लोकसेवा आयोगबाट खुलाइएको विज्ञापनमा अहिले देशैभर फाराम भर्नेको सङ्या दिनानुदिन बढिरहेको छ । यता दाङको तुलसीपुरमा पनि विभिन्न साइवरहरुबाट लोकसेवा आयोगको फाराम भर्ने विद्यार्थीहरुको भिडभाड बढिरहेको मिलिजुली साइवरका सञ्चालक सौरव शर्माले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँका अनुसार अहिले मिलीजुली साइवरमा दैनिकी ५० देखि ८० जनासम्म फाराम भर्न आउने गरेका छन । जसमध्ये पुरुषको तुलनामा महिलाको सङ्या ८० प्रत्शितले बढी छ र त्यसमध्ये पनि बिबाहित महिलाको सङ्या अझ बढी छ । उहाँका अनुसार फाराम भर्नेहरुमा अधिकाशं नासु,खरिदार,सुब्बाका रहेका छन । अहिले सम्म ४ सय बढी विद्यार्थीले फाराम भरेको शर्माले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले भन्नुभयो,–दुइ तिन दिन पहिले एकैपटक धेरै सङ्याले फाराम भर्न खोज्दा सर्भरमा चाप देखिएको थियो तर मगंलवार राती देखि कम हुदै गएको छ । अझै पनि फाराम भर्नेको सङ्मा बृद्धि हुने उहाँको भनाई छ । अहिले तुलसीपुरका मिलीजुली साइवर,सरस्वती कमिन्युकेशन,पन्थी सञ्चार सेवा,विश्व सञ्चार सेवा लगाएतका साइबरहरुबाट लोकसेवा आयोगको फारमहरु भर्ने गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैगरि यसअघि मंगलबारसम्म फारम भर्ने समायवधि रहेकोमा एक साता थप गरिएको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी असार १० गतेसम्म फाराम भर्न सकिने जनाएको छ । यस्तै दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिने पनि आयोगले जनाएको छ । अनलाइन फाराम भर्ने उम्मेदवारको चाप अत्याधिक भइ सर्भरमा समस्या देखिएपछि आयोगले दरखास्त दिने समय थप गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *