औलो रोगको जोखिममा दाङ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २७ जेठ ।
खुल्ला सिमनाका कारण दाङमा औलो रोगको जोखिम रहेको पाइएको छ । सरकारले औलो रोग निबारण गर्न बिभिन्न गतिबिधि सञ्चालन गरे खुला सिमाका कारण औलोका बिरामीहरु भेटिने क्रममा रोकीएको छैन ।

सन २०१२ यता नेपालमा औलो रोगका कारण मृत्यु कसैको भएको छैन । बिरामीको निधन नभए पनि बिरामी भेटिने क्रम रोकिएको छैन । जिल्ला जनस्वास्थय कार्यालय दाङका अनुसार खुला सिमाका कारण भारतबाट बिरामी आवतजावत गर्नाले जोखिम कायम रहेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सरकारले भने सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त बनाउने लक्ष्य राखेको छ । दाङमा मात्रै चालू आर्थिक बर्षको  नौ  महिनामा आठ जना औलो रोग लागेका बिरामी भेटिएका छन् ।

भेटिएका बिरामीमध्ये ६ जना बिदेशबाट फर्केका ब्यक्ति रहेका छन् । दुई जना जिल्लाभित्रकै रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका औलो रोग निरीक्षक कमल चन्दले बताउनुभएको छ । गत आर्थिक बर्ष दाङमा २७ जना औलो रोग लागेका बिरामी फेला परेका थिए ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *