गाडीको लाइसेन्स स्थानीय तहबाटै दिन माग

Blog Post Ad Blog Post Ad Blog Post Ad

बुटवल जेठ २६ । प्रदेश ५ का प्रदेशसभा सदस्यहरुले सवारी चालक अनुमति पत्र (लाइसेन्स) स्थानीय तहबाटै वितरणको व्यवस्था गर्न माग गरेका छन् । विद्यमान लाइसेन्स प्राप्त गर्ने प्रक्रिया झन्झटिलो भएका कारण सवारी साधन चलाउन जान्ने कैयौं व्यक्तिहरु लाइसेन्स लिनबाट बञ्चित भएको भन्दै सांसदहरुले त्यसलाई सरल र सहज बनाउन स्थानीय तहबाटै वितरण गर्नुपर्नेमा जोड दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेशसभाको भौतिक पूर्वाधार तथा विकास समितिको आइतबारको बैठकमा सडक सवारी, यातायात तथा परिवहन विधेयकमाथिको दफावार छलफलमा सहभागि हुँदै प्रदेशसभा सदस्यहरुले उक्त कुरामा जोड दिएका हुन् । ऐन, कानून बनाउँदा समय सापेक्ष र व्यवहारीक पक्षलाई पनि ध्यान दिनु पर्ने सुझाव दिदै उनीहरुले लाइसेन्स वितरणमा भएको कडाइका कारण ट्राफिक प्रहरीलाई पैसा उठाउने माध्यम बनेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विधेयकमाथि संशोधन दर्ता गराएका प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले लाइसेन्स वितरणमा गरिएको कडाइका कारण ८० प्रतिशत ट्याक्टर चालक र व्याट्रीबाट चल्ने तीन पांग्रे सवारी चालकसँग लाइसेन्स नरहेको र त्यसको ट्राफिक प्रहरी र प्रहरीले गलत फाइदा उठाएको दाबी गरे ।

उनले लाइसेन्स वितरण प्रक्रियालाई सहज र सरल बनाउनुपर्ने बताउदै लाइसेन्स वितरण स्थानीय तहबाटै हुने व्यवस्था मिलाउन सुझाव दिए । अर्का संशोधनकर्ता वैजनाथ कलवारले सवारी चालक अनुमतिपत्रका परिक्षार्थीले ३ महिनापछि मात्रै पुनः परीक्षा दिन पाउने व्यवस्था व्यवहारिक नभएको भन्दै सो समय १५ दिनमा झार्नुपर्ने माग गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सवारी चालक अनुमतिपत्र वितरणलाई सहज र सरल बनाउन प्रत्येक दुई जिल्ला हेर्नेगरी यातायात व्यवस्था कार्यालयको सेवा केन्द्र खोल्नुपर्ने आवश्यकता औंल्याए । तेस्रो पक्ष बीमा गरेका सवारी धनीको हकमा दुर्घटनामा भएको क्षतिपूर्ती र सम्पूर्ण औषधि उपचार खर्च वीमा कम्पनीबाटै गराउनुपर्ने व्यवस्था गर्नसमेत उनको माग छ ।

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले संघीय कानून र अन्तर्राष्ट्रिय प्रावधानमा टेकेर विधेयक ल्याइएको भन्दै विधेयक सशोधन गर्न सकिने बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *