दिगो विकासको काम गर्न मुख्य मन्त्रीको आग्रह

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा

घोराही | सम्पन्न जनता, समृद्ध दाङ भन्ने मुख्य नारा सहित तेस्रो जिल्ला सभा शनिवार घोराहीमा सम्पन्न भएको छ । प्रदेश ५का मुख्यमन्त्री शंखर पोखरेलको विशेष उपस्थिीतिमा जिल्ला सभा सम्पन्न भएको थियो । भेलामा जिल्ला समन्वय समितीका उपप्रमुख श्रीधर शर्मा पौडेलले जिल्ला समन्वय समितिको नीति तथा कार्यक्रम एवम बजेटको विषयमा जानकारी गराएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


सभाको उद्घाटन गर्दै प्रदेश पाँचका मुख्य मन्त्री शङ्खर पोखरेलले परिपरिमाण मुखी काम गर्न जिसस र पालिकाहरुलाई आग्रह गरेका छन् । उनले विकासको कामसँगै, जनतको सेवा प्रवाह व्यवस्थीत, सुविधायुक्त र सहज बनाउन पनि विशेष जोड दिन आग्रह गरे । जिल्ला समन्वय समितीको तेस्रो जिल्ला सभालाई सम्वोधन गर्दै मुख्य मन्त्री पोखरेलले जिससको तर्फबाट पालिकाहरुलाई दिएको रकम पुर्वाधार निर्माणमा खर्च गर्नुपर्ने धारणा राखे ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले जिल्ला समन्वय समितीले जिल्लाको सम्पुर्ण विकासको मार्ग दर्शन तयार पारेकोप्रति खुसी व्यक्ति गर्दै परिणाम मुखि र देखिने खालका कार्यक्रममा रकम खर्च गर्नुपर्ने बताए । ‘रकम खर्च गरेर पुरानै अवस्थामा फर्किने स्थति नहोस ।’ मुख्य मन्त्री पोखरेलले भने ‘दिगो, भरपर्दो र प्रतिफल दिने खालको काम हुनुपर्छ ।’

जिल्लाको विकास भएन भनेर एकोहोरो आलोचनात्मक टिप्पणी हुने गरेकोप्रति असन्तुष्टी जनाउदै मुख्य मन्त्री पाखेरेलले सभामुख र मुख्य मन्त्रीलाई जोडेर अतिरन्जित तरिकाले प्रचार गर्ने काम भएको गुनासो गरे । उनले अहिले विगत भन्दा धेरै गतिला काम भैरहेका दावि पनि गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘वितकाले धेरै गरे, अहिलेकाले केही गरेनन् भन्ने तरिकाले आलोचना हुनु गतल हो ।’ उनले भने ‘अहिले जिल्लामा रणनितिक रुपमा धेरै ठुला विकासको काम गरिदै छ ।’ उनले जिल्लामा अहिले बन्दै गरेको हुलाकी राजमार्ग, सुर्खेत जोड्ने राजमार्ग, राप्ती राजमार्ग, शहिद राजमार्ग, मदनभण्डारी राजमार्ग बन्दै गरेको विषयमा धेरै समाचार नआउनु नै दुखद भएको उनको भनाई छ ।

 

कार्यक्रममा प्रतिनीधि सभाका सदस्य हिराचन्द्र केसी, गंगा चौधरी, रेखा शर्मा, नेकपाकी सचेतक शान्ता चौधरी, राष्ट्रिय सभा सदस्य कोमल वली, गंगा चौधरी, सरस्वती गौतम, प्रदेश सभा सदस्य दामा शर्मा, इन्द्रजीत थारु लगायतको सहभागिता रहको थियो । सभाले भौतिक निर्माणको लागि सबै पालिकाहरुलाई तीन करोडका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजिकरण समन्वय समितीका प्रसासकिय अधिकृत कृष्ण अधिकारीले गरेका थिए ।

 

यस्तै जेठ २५ गते शनिवार सम्पन्न तेस्रो जिल्ला सभाले विभिन्न १४ निणर्यहरु पास गरेको छ ।
१ः दाङ देउखुरी उपत्यकालाई चक्रपथबाट जोड् प्रदेश र संघीय सरकारसँग माग गर्ने
२ः दाङ जिल्लामा सञ्चालित टरिगाउँ विमानस्थलको स्तरोन्नती गर्ने र घोराही उपमहानगरपालिका १० नारायणपुरमा अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न संघीय सरकार समक्ष माग गर्ने ।
३ ःमाडी डाईभर्सनबाट जिल्लामा विद्युत उत्पादन र सिंचाइका लागि उत्तरतर्फबाट पुर्व पश्चिम विशाल नहर निर्माणगरी सिंचाईको तथा खानेपानीको आवश्यक प्रवन्ध मिलाउन संघीय सरकार समक्ष माग गर्ने ।
४ः दाङ देउखुरी उपत्यकालाई यातायाताको सहज पहुज पुराउन उपयुक्त स्थानमा सुरङमार्ग निर्माण गर्न संघीय सरकार समक्ष माग गर्नेे ।
५ः देउखुरीमा सञ्चालित बड्का पथ तथा प्रगन्ना सिंचाईलाई व्यवस्थित रुपमा सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिन प्रदेश र संघीय सरकार समक्ष माग गर्ने
६ः.विग्रदो वातावरणीय अवस्थालाई न्युनिकरण गर्न आवश्यक कार्यक्रम सञ्चालनको लागि संघीय सरकार समक्ष अनुरोध गर्नेे ।
७ः दाङ जिल्लामा सञ्चालित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पताल तुलसीपुर तथा लमहीमा स्थापना गरिने ट्रमा सेन्टरको आवश्यक व्यवस्थापनगरी स्वास्थ्य सेवा प्रभावकारी बनाउन संघीय सरकार समक्ष माग गर्ने ।
८ ः प्रत्येक पालिकामा संचालित सामुदायिक विद्यालय मध्ये एक÷एक विद्यालयलाई नुमना प्राविधिक विद्यालय संञ्चालन गर्न संघीय सरकार समक्ष अनुरोध गर्ने
९ः दाङ जिल्लाको देउखुरी उपत्यकामा बग्ने राप्ती नदीको दुवैतर्फ तटबन्धनको कार्य र दाङ उपत्यकाको बबई नदीको दुवैतर्फ तटबन्धन कार्यलाई निरन्तरता दिने ।
१०ः जिल्ला समन्वय समितिको अनुगमन गर्ने कार्यलाई समयानुकुल प्रभावकारी बनाउन कार्यालयमा रहेका सवारी साधनबाट सम्भव नभएकोले सवारी साधन उपलब्ध गराउन प्रदेश र संघीय सरकार समक्ष माग गर्ने ।
११ः दाङ विकास सल्लाहकार परिषदले तयार पारेको दाङ जिल्लाको विकास व्यवस्थापनको मोडेल(नमुना)लाई आत्मसाथ गरी सवै पालिकाहरुको विकास व्यवस्थापनमा क्रमश लागु गर्दै जाने र ‘सम्पन्न जनता समृद्धि दाङ’को दुरदृष्टिमा पुग्ने उद्देश्यलाई सफलीभुत बनाउने ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *