के होला अष्ट्रेलियामा अलपत्र विद्यार्थीको भविष्य ? कन्सल्टेन्सीले धम्क्याएको गुनासो

Blog Post Ad Blog Post Ad Blog Post Ad

काठमाडौं, फागुन १० -अष्ट्रेलियामा अलपत्र परेका सयौं नेपाली विद्यार्थीहरुको बारेमा के हुन्छ भन्नेबारेमा अझै अन्योल छ । अष्ट्रेलियास्थित नेपाली दूतावासले अष्ट्रेलियन अधिकारीहरुसँग परामर्श थालेको बताइए पनि ठोस निष्कर्ष निस्किनसकेको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

परराष्ट्र सचिव शंकरदास बैरागीले शुक्रबार बिहान बाह्रखरीसँगको कुराकानीमा दूतावासबाट ठोस जानकारी आइनसकेको बताउँदै आउनासाथ थप कदम चाल्ने बताए ।


अष्ट्रेलियामा अलपत्र परेका नेपाली विद्यार्थीहरुले जानकारी गराएअनुसार उनीहरुलाई पठाउने कन्सल्टेन्सीहरुले नेपालमा रहेका परिवारका सदस्यहरुलाई कन्सल्टेन्सीलाई दोष नदिन धम्क्याउने कामसमेत गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ती कन्सल्टेन्सीहरुले विद्यार्थीका अभिभावकसँग प्रति विद्यार्थी २० लाख रुपैयाँसम्म रकम असुलेको बताइएको छ । त्यति ठूलो परिमाणको रकम बुझेर पनि उनीहरुले दर्ता नै नभएको कलेजमा विद्यार्थी पठाएका थिए । करिब अढाइ वर्षदेखि ती विद्यार्थीहरु दर्ता नै नभएको कलेजमा पढ्दै आएका थिए ।

बिहीबार बाह्रखरीसँगको कुराकानीमा शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालयले समिति नै गठन गरेर छानबिन प्रक्रिया अघि बढाएको र कन्सल्टेन्सीसँग पनि सोधपुछ गर्ने बताएका थिए । उनले गलत कलेज थियो भने किन अष्ट्रेलियन दूतावासले भिसा दियो भनेर समेत प्रश्न उठाएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कुन–कुन हुन् अष्ट्रेलिया पठाउने कन्सल्टेन्सी ?
अष्ट्रेलियाको कलेजमा विद्यार्थी पठाउने कन्सल्टेन्सीमा एक्सपर्ट, मर्सी, कंगारु, डल्फिन, अल्फाबिटा, ब्रिलियन्ट लगायतका रहेको उता अलपत्र परेका विद्यार्थीहरुले बताएका छन् । उनीहरुले राम्रो कलेज भनेर पठाएको तर अहिले कतिपय कन्सल्टेन्सीले तिम्रो छोरा वा छोरीले कन्सल्टेन्सीको नाम लिएको भनेर आफ्ना आमाबाबुलाई धम्क्याउने काम गरेको समेत अलपत्र परेका विद्यार्थीहरुले गुनासो गरेका छन् ।

अष्ट्रेलियामा अहिले विभिन्न विषयमा अध्ययनका लागि करिब ३५ हजार नेपाली रहेका छन् । अष्ट्रेलियाको सिड्नी र ब्रीस्बेनमा रहेको अस्ट्रेलिन इन्स्टिच्युट अफ बिजनेस एन्ड टेक्नोलोजी (एआइबिटी) र मेलबर्नमा रेहेको एजुकेसन ट्रेनिङ्ग एण्ड इम्प्लोइमेन्ट अष्ट्रेलिया(इटीइए)मा अध्ययनरत विद्यार्थीको हकमा अहिले समस्या उत्पन्न भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एआइबीटीमा करिब ३८ हजार विद्यार्थी अध्ययनरत रहेकोमा नेपालबाट मात्रै सो कलेजमा पढ्न एक वर्ष यतामात्रै करिब ५ हजार विद्यार्थी गएका छन् । उनीहरुलाई शिक्षा मन्त्रालयका अधिकारीहरुले कलेजको अध्ययन भ्रमण नै गरेर नो अब्जेक्सन लेटर समेत दिएको पाइएको छ ।

एआइबिटीमा बिजनेस, हस्पिटालिटी, टेक साइन्स, आइटी, एभिएसन हेल्थ साइन्स जस्ता विषय पढाइने गरेको छ । सो कलेजमा करिब १ हजार २ सय नेपाली विद्यार्थीले नर्सिङ पढिरहेकोमा अष्ट्रेलियाको सरकारबाट सो कलेजले अनुमति नलिएको जनाइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो कलेजले अनुमतिका लागि सरकारी निकायमा आवेदन हालेको भएपनि हालै अनुमति नदिएपछि विद्यार्थी अप्ठेरोमा परेका हुन् । अनुमतिका लागि आवेदन दिएकै भरमा कन्सल्टेन्सीहरुले विद्यार्थी पठाएर भर्ना गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *