शिवु खनाल
दाङ, १ श्रावण । प्रदेश नं. ५ कै प्रसिद्ध धार्मिक स्थल बगार बाबा धार्मिक विकास क्षेत्र रिहारमा प्रवेश मुल गेट निर्माणकाे काम सम्पन्न भएको छ । नेपाल सरकारकाे एकसय गन्तव्य भित्र पर्न सफल उक्त बगार बाबा धार्मिक क्षेत्र रिहारमा प्रत्येक वर्ष माघे संक्रिान्ति अथार्थ माघ १ गते देखि ३ गते ठुलो मेला लाग्ने गर्दछ ।
उक्त रिहार मेला पुसकाे २५ गते देखि चहलपहल सुरु हुन्छ । मेलामा भारतीय तिर्थालुहरूकाे निकै घुइँचो हुने गर्दछ । तिनदिन सम्म लगातार लाग्ने रिहार मेलामा हजारौं तिर्थालुहरूकाे घुइँचो हुने गर्दछ ।