चैते बाढीले पुल निर्माणका सामाग्री बगायो

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिवाकर पोख्रेल

देउखुरी, चैत्र ३ । दाङको भालुवाङदेखि रिहारसम्म राप्ती नदीमा एकैसाथ चार वटा पक्की पुल बनिरहेका छन् । हिउँदको समयमा पुलको निर्माण कार्य तिव्रगतिका साथ भइरहेको समयमा हिउँदे बर्षासंगै राप्तीमा आएको बाढीले पुलको निर्माण समाग्री बगाएपछि निर्माण कार्यमा प्रत्यक्ष असर परेको छ । यद्यपी चार वटै पुलमा भने बाढीले कुनै क्षेती पु¥याएको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फागुन महिनाको होली आसपास र त्यसपछि परेको पानीका कारण राप्ती नदीमा बाढी आउँदा लमही ७ हस्नापुरदेखी राजपुरको गैरा जोड्ने पुलको निर्माण सामाग्री बगाउँदा ६० लाख बढीको क्षती भएको छ । निर्माण कम्पनी तँुन्दी कन्टक्सन प्रालिका अनुसार बाढीले ६० थाल होमपाइप, ११ सय बढी पुल बनाउन प्रयोग गरिने टेका, एकथान जेनेटर, एक थान बेल्डीङ मेसिन, आठ थान मोटर, प्लाइउड, डिजेल लगायतका सामान बगाउँदा ६० लाख बढीको क्षती निर्माण कम्पनीका पोजेक्ट म्यानेजर मन्जिल मिश्रले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै उहाँले बाढीले राप्ती नदीलाई तरकाएर बनाइएको ६ सय मिटर सडक बगाएको समेत बताउनुभयो । ‘निरन्तर भइरहेको काममा बाढीले बाधा पु¥याएको छ, पहिलेको जस्तै काममा फर्कन एक महिना भन्दा बढी लाग्छ । २०७७ पुस मसान्तसम्म समायाबधि रहेको उक्त पुलको निर्माण कार्य ६० प्रतिशत पुरा भएको छ । उक्त पुल ६५ करोडको लागतमा निर्माण हुन थालेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै बाढीले लमही नगरपालिका ८ जहरेदेखि राजपुर गाउँपालिका ५ को जङग्रहवा जोड्ने पुल र लमही ८ कै सतबरीया कालीपुरुवाको पुलको निर्माण सामाग्री बगाउँदा एक करोड बराबरको क्षेती भएको निर्माण कम्पनीले जनाएको छ । फर्मा, टेका, छड लगायतको सामान बाढीले बगाउँदा उक्त मुल्य बराबरको क्षती भएको निर्माण कम्पनी अनक कन्टक्सन प्रालिका साइड इन्चार्ज लक्ष्मण ढकालले जानकारी दिनुभयो । उहाँले पनि बाढीका कारण निर्माण कार्यमा प्रत्यक्ष असर गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘बर्षातको समयमा खोलामा काम गर्न मिल्दैन, हिउँदमा पनि भेल आउनेगरी पानी आयो, यसले काममा प्रत्यक्ष असर गरेको छ ।’ कम्पनीले सिसहनियाँ देखि महदेववा जोड्ने पुल र जङग्रहवा जहरे जोडने पुलको एक मुस्ट एक अर्व ३४ करोडको लागतमा काममको जिम्मा पाएको थियो । जस मध्ये सिसहनियाँको पुलको निर्माण कार्य सम्पन्न भइसकेको छ । जहरेको पुलको काम ८० प्रतिशत पुरा भएको छ । यस्तै सोही कम्पनीले सतबरीयाको कालीपुरुवामा भ्याट सहित ६५ करोडमा कामको जिम्मा पाएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यता पुल हेर्ने जिम्मा पाएको सरकारी कार्यालयले भने निर्माण सामाग्री बगाए पनि चार वटै पुल सकुशल रहेकोमा खुसी व्यक्त गरेको छ । प्रीस्टेसिङ विधिबाट बनाइएका चार वटै पुलमा कुनै पनि क्षेती नभएकोले निर्माण कम्पनीका सामाग्री बाढीले बगाएपनी कार्यालयबाट सिफारिस गरेर विमा कम्पनीलाई क्षेतीपुर्ती दिन लगाइने सडक विभाग पुल योजना सेक्टर नम्बर ३ नेपालगंजका प्रमुख शुभराज न्यौपानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले बाढीबाट पुल जोगाउन सफल भएका छौ, निर्माण कार्यमा प्रत्यक्ष असर पनि पर्छ, तर पानी रोकिएप्छि काम तुरुन्तै शुरु हुन्छ ।’

यस्तै उहाँले चार वटै पुलको निर्माण कार्य समयमै सक्न निर्देशन दिइएको भन्दै आगामी फागुनसम्म गाडी गुड्न मिल्ने नभए हर्जना लाग्ने बताउनुभयो । ‘हामी समयमै काम सक्न भनेका छौ, फागुन सम्म गाडी गुड्न सक्ने हुनुपर्छ, होइन भने हर्जना लगाउनुको बिकल्प छैन ।’ निर्माण थालिएका चार वटा पुल मध्ये तीन वटा पुलको काम तिव्र गतिमा भएप्नि तुँन्द्री कम्पनीले जिम्मा पाएको हस्नापुरको पुलको कार्य प्रगतिी सन्तोसजनक छैन । कम्पनीले ६० प्रतिशत फिल्ड प्रगती दाबी गरिरहंदा सरकारी कार्यालयले जम्मा ४० प्रतिशत फिल्ड प्रगती भएको बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *