एसइईमा दाङबाट १२ हजार बढी सहभागी हुँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २ चैत | दाङबाट यसवर्ष एसइइमा १२ हजार बढी परिक्षार्थी सहभागी हुने भएका छन् । जिल्लामा सामुदायिक र संस्थागत विद्यालयबाट गरी १२ हजार ७ सय ३६ जना परिक्षार्थी सहभागी हुने भएका हुन् । यहि ६ चैत्रबाट शुरु हुने परिक्षामा नियमिततर्फ १२ हजार १ सय ५० , ग्रेटवृद्धितर्फ २ सय ९५ जना र प्राविधिकतर्फ २ सय ९१ जना परिक्षार्थी सहभागी हुन लागेको राष्ट्रिय परिक्षा बोर्ड घोराहीका प्रमुख रामलाल खड्काले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उहाँले यसवर्षको एसइइमा जिल्लाभर ४५ परिक्षा केन्द्र निर्धारण गरिएको बताउनुभयो । गतवर्ष ४४ परिक्षा केन्द्र रहेको यसवर्ष एक परिक्षा केन्द्र थप गरी ४५ परिक्षा केन्द्र निर्धारण गरिएको उहाँको भनाई छ ।

दाङमा यसवर्ष २९ नयाँ विद्यालयबाट विद्यार्थीले एसइइ दिन लागेका छन् । जिल्ला गतवर्ष एसइईमा १८३ विद्यालय सहभागी भएका थिए । यसवर्षको एसइइमा २९ नयाँ विद्यालयबाट विद्यार्थीले सहभागीता जनाउने प्रमुख खड्काले बताउनुभयो । गतवर्ष जिल्लाका दशवटै स्थानीय तहबाट ९१ सामुदायिक र ९२ संस्थागत विद्यालय गरी १८३ विद्यालयबाट विद्यार्थीले एसर्ईईको परिक्षा दिएका थिए । यसवर्ष १ सय सामुदायिक विद्यालय र १ सय १२ संस्थागत विद्यालयबाट विद्यार्थीले एसइइको परिक्षा दिन लागेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसवर्षको एसइइ परीक्षा यहि चैत ६ देखि १७ गतेसम्म परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डले एसइइको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको सार्वजनिक गरेको परीक्षा तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान र ११ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुनेछ ।

त्यस्तै, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, १३ गते ऐच्छिक गािणत र परीक्षाको अन्तिम दिन १७ गते विभिन्न प्राविधिक विषयको परीक्षा तोकिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा यसअघि कम ग्रेड ल्याएकासमेत सहभागी हुनसक्ने बोर्डले जनाएको छ । गतवर्ष ‘सि’ वा ‘सि’ भन्दा कम ग्रेट ल्याएका परिक्षार्थीले सहभागिता जनाउने प्रमुख खड्काले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *