कुलोमा डुवेर देउखुरीमा एक युवकको मृत्यु

ओमप्रकाश गुप्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

सिसहनियाँ २ चैत्र । कुलोमा डुवेर एक युवकको मृत्यु भएको छ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ लठ्ठहवाका ३६ वर्षिय भिमबहादुर चौधरीको घर नजिक रहेको मजगाउँ कुलोमा डुवेर मृत्यु भएको प्रहरी चौकी सिसहनियाँका प्रमुख प्रहरी नायक निरिक्षक गोपालकुमार मल्लले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

शनिवार मध्यान्न १२ बजेको समयमा घरमा दाउरा चिरेर नुहान जान्छु भनि हिडेका चौधरी घर नफर्के पछि स्थानीयले खोजी गर्ने क्रममा आइतवार विहान ११ बजे मजगाउँ कुलोमा हिलोपानीमा डुवेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए । मृतक चौधरी छारे(मृगी) रोगी समेत भएको पारिवारीक स्रोतले बताएको छ । मृतकलाई अहिले पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *