सकियो मेलाको तयारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस । माघेसंक्रान्तीको अवसरमा दाङका विभिन्न स्थानमा लाग्ने मेलाको तयारी करिब सकिएको छ । दाङको बगारबाबा धार्मिक स्थल लमही नगरपालिका वडा नं. ९ स्थित रिहार, घोराही उपमहानगरपालिका वडा नं. १३ स्थित बाह्रकुने दह, घोराही उपमहानगरपालिका वडा नं. ९ लरैना स्थित बराह क्षेत्र बासुदेव स्थल लगाएतका स्थानमा लाग्ने मेलाको तयारी सकिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मेला व्यवस्थापन समितिले मेलालाई भव्य बनाउने गरी काम गरीरहेका छन् । दाङकै प्रसिद्ध रिहार मेलाका लागि सम्पुर्ण तयारी सकिएको वडा अध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक रेशम केसीले जानकारी दिनुभयो । ‘मेलाको भिडभाड केहि दिन देखि नै सुरु भैसकेको छ, यो वर्ष मेलामा दर्शनार्थीहरुको संख्या बढ्ने अबस्था छ’ संयोजक केसीले भन्नुभयो, ‘स्टल, सरसफाई, सुरक्षा व्यवस्था लगाएका सम्पुर्ण कामहरु सकिएको छ ।’ रिहार मेलामा सधै जस्तै यो वर्ष पनि भारतीय पर्यटकहरु बढि आउने समितिले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रिहारमा रहेका मन्दीरहरुको रंगरोगन, शौचालय निर्माण तथा सरसफाई, तप्त कुण्डको सरसफाई, विभिन्न स्थानमा दानपेटिका राख्ने काम समेत भैसकेको समितिका संयोजक केसीले बताउनुभयो । मेलाको सुरक्षाका लागि करिव एक सय जना प्रहरी र त्यति नै मात्रामा स्वयं सेवकहरु परिचालन गर्ने तयारी भएको उहाले जानकारी दिनुभयो । ‘यो वर्षको मेला निक्कै उल्लासपुर्ण हुने हामीले अनुमान गरेका छौँ, सुरक्षा तथा सवारी आगमनको व्यवस्था समेत भएको छ ।’ केसीले भन्नुभयो ‘पुजाआजा गर्ने, तप्त कुण्डमा नुहाउने कामको लागि समेत हामीले लाईन सिस्टम सुरु गरेका छौँ ।’

घोराहीको बाह्रकुने दह मेलाको समेत सम्पुर्ण तयारी सकिएको बराह क्षेत्र बाह्रकुने दह संरक्षण समितिको अध्यक्ष गिरबहादुर जिएमले बताउनुभयो । मेलामा जानको लागि सवारी साधन प्रयोग गर्नेहरुको लागि रुट तय गरिएको छ । घोराहीको आर्मी ब्यारेक रानीजरुवा हुँदै दह र फर्किनको लागि दह बडहरा हुँदै घोराहीको रुट तय गरिएको अध्यक्ष जिएमले बताउनुभयो । सवारी साधनको भाडादर पनि तय भएको छ । दह जान ४० देखि ७५ र फर्किदा ३५ देखि ५५ रुपैया तोकिएको समितिले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मेलास्थल सम्म सवारी साधन लैजान सकिने, विहानै देखि दुई लाईनमा लागेर पुजाआजा तथा बलि चढाउने व्यवस्था मिलाईएको छ । यो वर्ष व्यवस्थित रुपमा ३ सय बढि पसलहरु सञ्चालन हुने समितिले बताएको छ । ‘विगतका दिनहरुमा भन्दा यो वर्ष मेलाको रौतकता निक्कै थपिएको महसुस हामीले गरेका छौँ । मेला भर्न आउनेहरु डुंगा चढेर आनन्द लिन सक्नु हुन्छ भने काठको चर्खे पिङको पनि व्यवस्था गरिएको छ ।’ जिएमले भन्नुभयो, ‘मेलामा पसल गर्नेहरुले बजार सुरु गरिसक्नु भएको छ । एक किसिमले मेला सुरु नै भैसकेको छ ।’

घोराहीको नारायणपुर देखि दक्षिणतर्फ पर्ने लरैनामा लाग्ने मेलाको तयारी पनि सकिएको मन्दीर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र दाहालले जानकारी दिनुभयो । माघे संक्रान्तीको दिन विशेष गरी थारु समुदाय सहित अन्य समुदायले लरैनामा मेला भर्ने गर्छन् । मेला स्थलको सरसफाई सकिएको र दर्शनार्थीहरुको भिडलाई व्यवस्थापनका लागि तारबारको व्यवस्था गरिने उहाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बराहको १२ भाई मध्य सबै भन्दा कान्छो भाईको रुपमा पुजाआजा हुँदै आएको लरैना मन्दीरमा वर्षौ देखि मेला र पुजाआजा हुँदै आएको पुजारी बलवा चौधरीले बताउनुभयो । मााघ संक्रान्तीको दिन लरैनामा रहेको पोखरीमा नुहाएर बर मागे सन्तान प्राप्ती हुने जनविस्वास रहेको पुजारी चौधरीले बताउनुभयो ।

लरैनामा ब्यक्तिगत प्रयासबाट भौतिक संरचनाहरु निर्माण हुँदै आएको छ । एक विगाह १४ कट्ठा जग्गामा फैलिएको मन्दीर क्षेत्रमा २०४५ सालमा निर्माण भएको मुल मन्दिर छ भने अहिले स्थानीय समाजसेवी दानबहादुर डाँगीले आफ्नो ब्यक्तिगत ६ लाखको लगानीमा भगवतीको मन्दीर निर्माण हुँदैछ । घोराही निवासी हरिवंश दाहाल र चित्रांगत दाहालले एक लाख ७० हजार रुपैया खर्च गरेर दुई वटा चौपारी निर्माण भएको छ । यस्तै मन्दीर क्षेत्रमा एउटा प्रतिक्षालय र सामुदायीक भवन समेत निर्माण भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

थारु भुमि दाङमा थारु समुदायले मेलालाई प्राथमिकताका साथ हेर्ने गरेको थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीले बताउनुभयो । ‘थारु समुदायको माघी नयाँ वर्ष नै हो, यो अवसरमा सञ्चालन हुने मेला महोत्सव थारु समुदायको लागि एउटा अभिन्न अंगको रुपमा रहेको छ ।’

जिल्लाका विभिन्न स्थानमा लाग्ने मेलाको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय दाङले सुरक्षा व्यवस्था कडा बनाएको बताएको छ । ‘वडा प्रहरी कार्यालय, स्थानीय ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीबाट मेलाहरुको निगरानी र सुरक्षाका लागि दस्ता खटिसकेको छ ।’ जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेयले बताउनुभयो । मेलामा हुने कुनै पनि उच्छृखल क्रियाकलाप गर्ने ब्यक्ति तथा समुहलाई नियन्त्रणमा लिने गरी प्रहरीले सुरक्षा योजना निर्माण गरेको छ ।

‘भिडमा हुलदंगा गर्ने, होहल्ला गर्ने, चोरी लुटपाट गर्ने जोखिम हुने भएकाले त्यहि अनुसार सुरक्षा योजना छ ।’ पाण्डेले भन्नुभयो । साथै मेलामा सहभागी हुने सबैले आफ्नो सामानको सुरक्षा आफै गर्न, सचेत हुन, साना बालबालिकाहरु र बृद्धबृद्धाहरुलाई ध्यान दिन जिल्ला प्रहरी कार्यालय दाङले सबैलाई आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *