सामूहिक रूपमा व्यावसायिक कुखुरापालन

रुकुम, ८ फागुन | रुकुम पश्चिमका पाँच युवाले सामूहिक रूपमा व्यावसायिक कुखुरापालन शुरू गरेका छन् । जिल्लाको मुसीकोट नगरपालिका–४ का स्थानीय राजनकुमार पुन, निर्मलकुमार पुन, दीपकराज खड्का, वसन्त शर्मा र घनश्याम शर्माले करीब १ करोड रुपैयाँ लगानीमा कुखुरापालन व्यवसाय थालेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘मुसीकोट एग्रो फार्म’ दर्ता गरी व्यवसाय थालेका उनीहरूको फार्ममा हाल ५ हजार कुखुरा छन् । जिल्लालाई कुखुराको अण्डा र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले कुखुरा फार्म स्थापना गरिएको सम्बद्ध युवाहरूले बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सञ्चालक पुनका अनुसार फार्मबाट हाल ४ हजार ३०० अण्डा उत्पादन हुँदै आएको छ । उत्पादित अण्डाको माग गाउँगाउँमा बढिरहेको उनले बताए ।

फार्मलाई कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ लाख ४७ हजार रुपैयाँ अनुदान दिएको छ । फार्ममा अण्डा उत्पादन हुन थालेको २ महीना भयो । अहिले दैनिक ४३ हजार रुपैयाँबराबरको अण्डा विक्री भइरहेको फार्म सञ्चालकहरूले बताएका छन् । फार्ममा नियमित रूपमा अन्य ५ जना युवा रोजगार छन् । ‘फार्ममा लगानी बढाउँदै जिल्लालाई कुखुराको मासु र अण्डामा आत्मनिर्भर बनाउने लक्ष्य लिएका छौं,’ सञ्चालकमध्येका दीपकराज खड्काले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

फार्ममा लगानी र उत्पादन बढेसँगै रोजगारीका अवसर पनि बढ्दै जाने खड्काको भनाइ छ । यहाँबाट उत्पादित अण्डा प्रतिगोटा १० रुपैयाँका दरले विक्री भइरहेको उनले बताए । टाढाबाट अण्डा ढुवानी गर्दा समस्या हुने भएकाले जिल्लावासीले अहिले सजिलै अण्डा उपभोग गर्न पाएको उनको भनाइ छ ।

मुसीकोट नगरपालिका–४, शीतलपोखरी नजिकै कुखुरापालन थालेको फार्मले तरकारी खेतीको योजनासमेत अघि सारेको छ, जसका लागि कुखुरा फार्मको नजीकै ४० रोपनी क्षेत्रफलको जग्गा भाडामा लिइसकेको सञ्चालकहरूले बताएका छन् । सबै हिसाबले कृषिको नमूना फार्म बनाउने र स्वरोजगार बन्ने योजनामा आफूहरू रहेको उनीहरूको भनाइ छ । जिल्लामा कुखुरा फार्म स्थापना भएसँगै दाङ र नेपालगन्जबाट अण्डा ल्याउनुपर्ने बाध्यता हटेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *