कानुन मन्त्रिले भने –‘थारु संग्राहलयका लागि दुई करोड रकम विनियोजन भएको छ’

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिप्तीशिखा चौधरी,

प्रदेश न.५का आन्तरीक मामिला तथा कानुन मन्त्री कुलबहादुर के.सी.ले दङ्गीशरण गाउँपालिकामा ऐतिहासिक थारु संग्रालयको स्थापनाका लागि दुइ करोड बजेट विनीयोजन भएको जानकारी गराएका छन । दाङ थारुहरुको भूमी भएकाले थारुहरुको सस्ंकृती र परम्परालाई जगेर्ना गर्नुपर्ने भन्दै थारु संग्राहलयको स्थापना गर्न जरुरी रहेको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


थारु राजा बसेको ठाउँमा थारु संग्राहलयको आवश्यक भएको कुरामा जोड दिए । मन्त्री के.सी.ले माघि पर्वमा प्रदेश भरका जनाताको माग अनुसार विदा घोषणा गरेको जानकारी गराए ।


उनले भने —“थारु समुदायको बाहुल्यता रहेकाले प्रदेश न. ५ मा माघी पर्वको अवसरमा दुई दिन बिदाको घोषणा गरिएको हो । थारु जातीको सस्ंकृतीको जगेर्ना गर्ने उद्देश्यले र स्वतन्त्रताको युग भएकाले थारु जातीको पर्वलाई मुख्य केन्द्र बिन्दुमा राख्नुपर्छ ।” शुक्रबार दाङको दङ्गीशरण गाउँ पालिकाले आयोजना गरेको माघी महोत्सव उद्घाटन गर्दै मन्त्री के.सी.ले यस्तो बताएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सो अवसरमा प्रतिनिधी सभा सदस्य एंव नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले थारुहरुको कला, सस्ंकृती हेर्न विदेशबाट पर्यटकहरु आउने भएकाले थारुहरु आफनो कला र सस्ंकृति बचाउने अभियानमा लाग्न आग्रह गरिन् ।

थारुहरुको सोझोपनाको फाईदा उठाएर कम्लहरी, कमैया र भूमिहिन बनाएको भन्दै अव थारुहरु पर्व मान्ने निहुमा जाडँ रक्सी मात्र नहेरेर, नाचखोर र गाउँ मै दिन नविताएर अधिकारका लागि आवाज उठाउनु पर्ने समय आएको बताईन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनले भनिन—“थारुहरु जिम्दारबाट सदाको लागि विदा हुनुपर्छ, रात दिन रगत पसिना चुहाएर काम गर्न मात्र तयार नहुनुस् । थारुहरुको जीवनशैलीमा काचुली फेर्नुपर्छ ।”

यस्तै प्रदेश सभा सदस्य उत्तर कुमार वली ले दङ्गीशरण थारु राजाको नामबाट परिचित भएकाले दङ्गीशरणलाई थारुहरुको राजधानी बनाउने बताए । प्रदेश सरकारको तर्फबाट थारुहरुको हक र अधिकारका लागि कुनै पनि तरिकाबाट आफु लड्न पछि नपर्ने भन्दै थारु सस्ंकृती जगेर्ना गर्न दङ्गीशरणमा थारु संग्राहलयको आवश्यक रहेको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनेले भने — “थारु संग्राहलय बनिसके पछि थारु यूवाहरु रोजगारमूखी हुनेछन् ।” दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रदेश सभा सदस्य उत्तर कुमार वली, धमकली चौधरी, नेपाल कम्यूनिष्ट पाटी नेकपाका प्रदेश न. ५ का सदस्य भिम बहादुर वली मटावा जगत चौधरी लगायतले बोलेका थिए ।
कार्यक्रममा हेकुली गाउँको विकासका लागि विद्यालय, स्वास्थ्य चौँकी, ईलाका प्रहरी कार्यालय, हुलाक कार्यालय गरी कच्ची बाटोको निर्माण गरी सामाजिक कार्यको कदर गर्दै स्व.धरणीधर चौधरीका पत्नी यमुना चौधरीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

उद्घाटन सत्रको पहिलो दिन आज(शुक्रवार) थारु लोक सस्ंकृतीक नाच मघौटा नाच, महोट्या नाच, सख्या पैँया नाच, छोक्रा नाच, हुर्डङ्ग्या नाच प्रस्तुत गरिएको थियो ।महोत्सवमा केन्द्रिय कलाकारहरु अन्जु कुश्मी, राज कुश्मी र दोशरण चौधरीले आफ्नो प्रस्तुती देखाएर दर्शकहरुलाई भरपूर मनोरञ्जन गराएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा थारु परिकार ढिक्री, घोङ्घी, अनदिको झोल लगायत अन्य परिकारहरु राखिएको थियो ।
दङ्गीशरण गाउँपलिकाकी उपाध्यक्ष पिमा कुमारी खड्काको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको शहजीकरण कार्यक्रम संचालक उप समितीकी संयोजक दिप्तीशिखा चौधरी, सन्तोष दहित र रोशन रत्गैयाले गरेका थिए ।

थारु सस्ंकृती भेषभूषा हमार पहिचान, दङ्ग्ीशरण गाउँपालिका हमार शान भन्ने मूल नाराका साथ दङ्गीशरण गाउँपालिकाको आयोजना शुरु भएको दुई दिने महोत्सवमा भोली अन्तिम दिन बिभिन्न थारु लोकनाच प्रस्तुत गरिनेछ भने केन्द्रिय कलाकारहरुको पनि प्रस्तुती रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *