प्रमोद खरेलले तताए घोराही महोत्सव

घोराही,२२ माघ । दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० देखि घोराहीमा शुरु भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को बाह्रो दिन नेपाली सांगितिक क्षेत्रका चर्चित गायक प्रमोद खरेलले दर्शकलाई निकै नचाएका छन् । खरेलले आँफूले बजारमा ल्याएका चर्चित गितहरु गाउँदा दर्शकहरु हुटिङ सहित नाचगान गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

खरेलले गित गाईसकेर मञ्चबाबट विदा हुन खोज्दा दर्शकहरुले हुटिङ गर्दै गित गाउन आग्रह गरेका थिए । दर्शकहरुको आग्रपछि खरेलले थप दुई ओटा गित गाएका थिए । झमक्कै साँझ परेपछी प्रमोद मञ्चबाट विदाई भएका थिए । त्यहीँ पनि दर्शकहरुले चिच्याउँदै प्रमोदलाई फेरी गित गाउन आग्रह गरिरहेका थिए ।
महोत्सवमा २५ जनाले रक्तदान गरे
महोत्सवमा १२ दिनसम्म २५ जनाले रक्तदान गरेको महोत्सव प्राथमिक स्वास्थ्य उपसमिति संयोजक सुशिला पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलवार मात्रै दुई जनाले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो । पौडेलका अनुसार मंगलवार दिलबहादुर बस्नेत र मञ्जु गिरीले रक्तदान गर्नुभएको हो । महोत्सवको स्टल नं २११ म रेडक्रस घोराहीले रक्तदानको व्यवस्था गरेको थियो ।
महोत्सवमा चार सय २१ जनाले स्वास्थ्य परिक्षण गरे
महोत्सवमा कुल चार सय २१ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । उनीहरुलाई विभिन्न प्रकारको प्राथमिकत उपचार गरिएको महासचिव टिकादत्त खनाल ‘सागरल’ले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *