नयाँ पाईलाको पाचौँ वार्षिक उत्सव: विपन्न वालवालिकालाई शैक्षिक सामग्री

Blog Post Ad Blog Post Ad Blog Post Ad

बिजौरी, माघ २१ । नयाँ पाइला स्थापना केन्द्रको पाचौ वार्षिकोत्सव अवसरमा विपन्न बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । । संस्थाका अध्यक्ष शरद थापाको अध्यक्षता तथा मानव अधिकार महिला सञ्जाल दाङकी निवर्तमान संयोजक सुष्मा गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रमकी प्रमुख अतिथि गिरी लागु पदार्थ दुव्र्यशनी न्यूनीकरणका लागि संस्थाको अतुलनीय भूमिका रहेको बताउनुभएको थियो । कार्यक्रममा संस्थाका मनोविमर्शदाता शैलेश शर्मा, साक्षी खबर साप्ताहिकका प्रधानसम्पादक सुनिलकुमार पोखरेल,मालिका कालिका यातायात प्रालिका संस्थापक अध्यक्ष सुमन पोखरेल, कार्यालय प्रमुख हिरा आचार्य, जनता संस्कृत माध्यमिक विद्यालयका शिक्षक शंकर आचार्य, निर्णय पुर्नस्थापना केन्द्रका विशाल शाह लगायतकाले मन्तव्य राख्नुभएको थियो ।

वार्षिकोत्सवकै अवसर पारेर जनता संस्कृत माध्यमिक विद्यालय बिजौरीमा कक्षा ७मा अध्ययनरत छात्र सुधिर डाँगी, होमबहादुर घर्ती, कक्षा ४का छात्रा नन्दा विक, लक्ष्मी चौधरी र कक्षा २मा अध्ययनरत छात्र सुरेश चौधरीलाई झोलासहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको थियो । समाजमा संस्थाको उत्तरदायित्वअन्र्तगत विपन्न, असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको संस्थाका निर्देशक सुरेश भुसाले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका प्रशिक्षक डिल्ली बस्नेत संगीतले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन प्रेस सल्लाहाकार गोकर्ण पौडेलले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

संस्थाका हाल ४० जना दुव्र्यशनी उपचारार्थ रहेका छन् । संस्थाले तुलसीपुर, घोराही र सिसहनियामा आयोजना गरिएको महोत्सवमा २५ हजार बढी अभिभावक शिक्षा पर्चा पम्पलेट वितरण गरेको थियो । वार्षिकोत्सवकै अवसर पारेर संस्थाको सल्लाहारमा पत्रकार सुनिल कुमार पोखरेललाई चयन गरिएको संस्थाका निर्देशक सुरेश भुसालले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *