भरिभराउ तुलसीपुर महोत्सव

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, माघ १४ । दाङको तुलसीपुरमा जारी महोत्सवको पाँचौ दिन मंगलवार पनि उस्तै भिडभाड रहेको छ । दैनिक उत्साहजनक उपस्थीति रहेको महोत्सवमा मंगलबार पनि अघिल्ला दिन जस्तै भिडभाड रहेको हो । दैनिक जसो दर्शकहरुको उपस्थीतिले आयोजकलाई भने हौसाएको छ । निमार्णाधिन सभाहलको निर्माण कार्य पुरा गर्ने अठोट लिएर शुरु गरिएको महोत्सवमा दर्शकहरुको जैनिकजसो उल्लेख्य उपस्थीतिले सभाहल निमार्ण हुनेमा आयोजक ढुक्क भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दैनिकजसो हुने दर्शकहरुको भिडभाडले आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका पदाधिकारी एवम् सदस्यहरुलाई भने जिम्मेवारी थप गरिदिएको छ । संघका पदाधिकारी एवम सदस्यहरु, सुरक्षाकर्मी, स्वयम सेवकहरु सवै भिडभाडलाई व्यवस्थापन गर्न मै व्यस्त रहेका छन् । महोत्सवमा हेमन्त शर्माले दर्शकहरुलाई झुमाएका थिए । उनले गाएका मुल हौ भने रसाईदेउ, थाप न थाप हातैमा लगाएतका गितले महोत्सवमा आएका दर्शकहरुले भरपुर मनोरञ्जन लिएका थिए । त्यस्तै गरि मंगलवार कमल गाउँले, प्रेम विवस घर्ति, पुजा पुरी, सरु वोहरा, गोपाल नेपाल जिएम लगाएतकाले आफनो प्रस्तुती राखेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा वुधबार रमेशराज भट्टराई, टिका पुन, सन्दीप न्यौपाने, सन्जीता पाण्डे लगाएतका कलाकारहरुको प्रस्तुति रहने संघका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिनुभयो । महोत्सवमा दैनिक योग व्यायाम समेत हुने गरेको छ । पतञ्जलि योग समिति तुलसीपुरको आयोजनमा दैनिक योग शिविर भै रहेको छ । योग गर्न ईच्छुक व्यक्तिहरुलाई विहान हुने योग शिविरमा सहभागि हुन आयोजक तुलसीपुर उद्योग बाणिज्य संघले सवैलाई आग्रह गरेको छ ।

नेपाल भ्रमण वर्ष मनाईरहदा आन्तरिक पर्यटनलाई टेवा पु¥याउने उदेश्यले हेलिकप्टरको यात्रा शुरु गरिएको आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत विरुले जानकारी दिनुभयो । हेलिकप्टर यात्राको उदघाटन् दाङका प्रमुख जिल्ला अधिकारि गोविन्द रिजालले गर्नुभएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हेलिकप्टर यात्राको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी रिजालले हेलिकप्टर यात्राले आन्तरिक पर्यटनलाई सहयोग पुग्ने दावी गर्नुभयो । हेलिकप्टर मार्फत दाङ सहित छिमेकी जिल्लाहरुको पर्यटकिय स्थलहरुको अवलोकन हुने भन्दै त्यसले भ्रमण वर्षलाई सहयोग पुग्ने वताउनुभयो ।

यसैविच महोत्सवमा आयोजना गरिएको दौड प्रतियोगिताको नाम दर्ता शुरु भएको छ । १६ गते बिहान हुने ७ किलोमिटर खुल्ला दौड प्रतियोगिताको लागि नाम दर्ता शुरु भएको महोत्सव खेलकुद व्यवस्थापन समितिका संयोजक हेमेन्द्र खडकाले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पर्यटन वर्षलाई सहयोग पु¥याउने उदेश्यले आयोजना गरिएको दौड प्रतियोगिता १६ गते बिहान ८ बजे तुलसीपुरको बिरेन्द्र चौक बाट प्रतियोगिता शुरु हुने खडकाले जानकारि दिनुभयो । प्रतियोगितामा प्रथम, दितिय, तृतिय र सान्त्वना हुने प्रतियोगिलाई क्रमस १० हजार, ७ हजार, ५ हजार र २५ सय रुपैया पुरस्कार समेत रहेको संयोजक खडकाले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *