कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या एक सय ६ पुग्यो

दाङ,१४ माघ | कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या एक सय ६ पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट एक सय ६ जना मृत्यु भएको हो । ४५ हजार भन्दा बढी नागरिक यो भाइरसबाट संक्रमित भएको चिनिया सरकारले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


त्यस्तै आज बिहानसम्म चीनमा मात्रै चार हजार पाँच सय १५ जनामा कोरोना भाइरसको पुष्टि भएको छ । चीनमा कोरोना भाइरसको संक्रमणमा एकैदिन ६५ प्रतिशतले वृद्धि भएको छ । हिजो बिहानसम्म दुई हजार सात सय ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

यसैबीच चीनको राष्ट्रिय स्वास्थ्य आयोगले आज बिहान कोरोना भाइरसको संक्रमण एकअर्कामा सर्ने बताएको छ । एक विज्ञप्ति जारी गर्दै आयोगले हाछ्युँ गर्दा वा खोक्दा निस्कने थुक र ¥यालको छिटाबाट कोरोना भाइरसको संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने जानकारी दिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न देशमा पनि फैलिएको छ । चीन बाहेकका विभिन्न देशमा ६० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ । चीनबाहिर भने अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन ।

चिन बाहेक अन्य मुलक थाइल्यान्ड र हङकङमा आठ–आठ जना, मकाओ, अस्ट्रेलिया, अमेरिका, ताइवान र सिंगापुरमा ५–५ जना, जापान, मलेसिया, दक्षिण कोरियामा ४–४ जना, फ्रान्समा तीन जना, भियतनाममा दुइजना र नेपाल, क्यानडा, कम्बोडिया, श्रीलंका, जर्मनीमा १–१ जनामा संक्रमण देखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *