आज माघे संक्रान्ति, माघी पर्व मनाइँदै

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज माघे संक्रान्ति । थारु समुदायमा नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदैछ ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन १ माघमा थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

माघे संक्रान्तिलाई पश्चिम तराईका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लामा माघीको रुपमा मनाइदैछ । तराईमा आजको दिनलाई ‘तिला सकराइत’ भनिन्छ भने थारु, मगर र छन्त्याल समुदायले भने नयाँ वर्षका रूपमा यस पर्वलाई मनाउने प्रचलन रहेको छ । आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन रहि आएको छ ।

पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाइन्छ । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्ने गरिन्छ ।

कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग गरिन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *