आफ्नै सन्तानलाई विष खुवाउने आमालाई जन्मकैद

Blog Post Ad Blog Post Ad Blog Post Ad

माघ १ | घरेलु झगडामा आफ्नै कोखबाट जन्मिएका दुई सन्तानलाई विष खुवाई हत्या गर्ने महावु गाउँपालिका–१ खरीगैराकी २४ वर्षीया कल्पना नेपालीलाई जिल्ला अदालत दैलेखले जन्मकैद फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सो फैसला सुनाएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुईजना छोरालाई विष खुवाई हत्या गरेको भन्दै दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । गत १० कात्तिक २०७५ दिउँसो घरमै आमा कल्पनाले खाजामा विष मिसाएर खुवाउँदा उनका ३ र ७ वर्षीय छोरा क्रमशः अमित र आयुष नेपालीको मृत्यु भएको थियो । विष लागेको थाहा पाएपछि स्थानीयले अस्पताल लैजाँदै गर्दा आयुषको बाटैमा र अमितको १५ कात्तिक २०७५ मा कोहलपुर मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो । आफन्तले जिल्ला प्रहरी कार्यालय दैलेखमा १६ कात्तिक २०७५ मा आमाको नाममा जाहेरी दर्ता गराएका थिए ।

दुईवटैको शव परीक्षण प्रतिवेदनबाट विष खुवाएर नाबालकको मृत्यु भएको उल्लेख गरिएको छ । २० कात्तिक २०७५ मा आरोपित आमा कल्पनालाई हिरासतमा लिई विष खुवाई कर्तव्य ज्यान लिएको मुद्दा चलाएको थियो । १० मंसिर २०७५ मा प्रहरीले अनुसन्धान सकेर जिल्ला अदालतमा दर्ता गराएपछि आरोपितलाई पुर्पक्षका लागि दैलेख जिल्ला अदालतले जिल्ला कारागार थुनामा पठाएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

१ भदौ २०७५ देखि लागू भएको मुलुकी फौजदारी कसुर  सजाय ऐन, २०७४ को दफा १७७ बमोजिम ज्यान मारेको ठहरेको र सोही ऐनको दफा ४१ बमोजिम खाद्यवस्तुमा विष हाली मारेको कारण खुलेकाले जन्मकैद गरिएको दैलेख जिल्ला अदालतका सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए । जन्मकैदको अवधि २५ वर्ष हुने ऐनमा उल्लेख गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *