महराको मुद्दामा सरकारी साक्षीलाई बकपत्र गराउने आदेश

काठमाण्डौ, पुस २७ । काठमाडौं जिल्ला अदालतले बलात्कार प्रयासको आरोपमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दामा सरकारी पक्षका साक्षीको बकपत्र गराउने आदेश दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पेशी सूचिमा चढेको सो मुद्दामा आइतबार जिल्ला न्यायाधीश अमरराज पौडेलको इजलाशले पीडित महिलाको स्वास्थ्य परिक्षण गर्ने चिकित्सक, मुचुल्कामा सहि गर्ने र विधि विज्ञान प्रयोगशालाका चिकित्सकको बकपत्र गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि थुनामा राख्न आदेश आएपछि महराले उक्त आदेशविरुद्ध पाटन उच्च अदालतमा पुनरावेदन दिएका थिए । उच्च अदालतले थुनामा राख्ने आदेशलाई सदर गर्दै एक महिना भित्र फैसला गर्न आदेश दिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *