गायत्रीलाई फाईबर सिरक

दिप्तीशिखा चौधरी
दंगीशरण, पुस २७ । सिरक लिन वडा सम्म आईपुगेकि गायत्री डांगीले आफना साथीहरुसंग कुरा गर्दै थिईन् । अव हाम्लाई पाल्ने यहि सरकार हो । बृद्ध भत्ता, न्यानो लुगा दियाछ, बसी बसी खान पुग्याछ । छोरा छोरी आफना बाटा लागे, के छ के छैन था पान्नन, अव जतासुनी जाउँन मलाई खान पुग्याछ । उनी फिस्स हासीन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अमरराज उपाध्याय लट्ठी टेकेर सिरक लिन आए । सिरक छाम्दै भने यस चोटि तातो सिरक रैछ । झोला भित्र प्याक गरेको फाईबर सिरक देखेपछि बृद्धहरु खुसी थिए । पहिलोे पटक फाईबर नामको सिरक ओढ्न पाईने भयो । उनीहरु कुरा गर्दै थिए । कम्मलले जाडो थेग्न सकेन भन्ने जेष्ठ नागरिकको गुनासो सुनेपछि दंगीशरण गाउँपालिका वडा न. ७ ले यो बर्षको जाडोमा फाईवर सिरक वितरण गरेको छ ।

आईतबार वडा स्तरीय जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत फाईवर सिरक वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, वडा अध्यक्ष विर बहादुर वलीले वडाका २२ जना जेष्ठ नागरिकहरुलाई फाईवर सिरक वितरण गरेका हुन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बृद्धहरुको सेवाका लागि हरेक बर्ष बृद्धहरुको माग अनुशार सामग्रर िवितरण गर्दै आएको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

“स्थानीय सरकारको काम कर्तब्य अनुशार हामी तपाईकै लागि काम गरिरहेका छौँ, हामीले तपाईलाई दिएको बचन पालना गर्छौँ भनेर लागिपरेका छौँ,खासगरि समाजमा ब्याप्त रहेको बुद्ध बाआमाहरुको समस्यालाई हामीले महशुस गरि बृद्धभत्ता देखि लिएर हरेक बर्ष सम्मान स्वरुप आवश्यक सामग्री वितरण गर्ने कार्यलाई अगाडि बढाएको छौँ ” – अध्यक्ष चौधरीले भने । वडा अध्यक्ष विर बहादुर वलीले वडाको विकाश निर्माण मात्र नभई हरेक तहमा सामाजीक उत्तरदायीत्व पुरा गर्ने संकल्प सहित वडाले काम गरीरहेको बताए ।

समयमै आज जेष्ठ नागरीकको मागलाई पुरा गर्न सकेको प्रती आफु खुसी रहेको भन्दै आगामी दिनहरुमा जेष्ठ नागरीकहरुको चाहाना बमोजिम कार्यक्रम संचालन गरिने बताए । जेष्ठ नागरीक टिका बहादुर डांगीले सरकारले गरेको कामले बृद्धहरुलाई बाच्ने उर्जा दिएको बताए । हाम्रो साहारा कोहि छैन भन्ने जेष्ठनागरीकलाई बाच्ने प्रेरणा दिएको छ सरकारले भन्दै खुसी ब्यक्र गरे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा अध्यक्ष विर बहादुर वलीको अध्यक्षता तथा पालीकाका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको शहजीकरण महिला बालबालीका शाखाकी चन्द्रा वलीले गरेकि थिईन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *